साप्ताहिक उदक लेखन शृङ्खला – ४५ सम्पन्न

  • २१ चैत्र २०७८, सोमबार ०८:२२ मा प्रकाशित
  • काठमाडौ, १९ चैत । साप्ताहिक उदक लेखन शृङ्खलाको ४५औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ४२ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    शृङ्खलाका लागि राखिएको तस्बिर

    photo : social media

    तस्बिरमा उदक लेखन शृङ्खलामा सहभागी स्रष्टाहरूका उदकहरू

    [१]
    माटो
    भर ढुङ्गा
    तिन अपाङ्ग अभिन्न!

    ✍️ जमुना कायस्थ, पोखरा

    [२]
    सङ्गमा
    आत्मा मिलन
    एक दुई तीन !

    ✍️ राेशन पराजुली,धरान।

    [३]
    वाह !
    अपाङ्ग मैत्री
    असल मित्रताको नमुना !

    ✍️खेमराज पुरी कैलाली

    [४]
    मित्रता
    सुन्दर फूलबारी
    एकता वर्तमान आवश्यकता !

    ✍️आर्त अकुलीन, कैलाली

    [५]
    मित्रता
    बलियो खम्बा
    आपसी सहकार्यको नमुना !

    ✍️ सरस्वती श्रेष्ठ इटहरी

    [६]
    एकता
    आपसी सहकार्य
    प्रतिकुल परिस्थिमा अनुकुल!

    ✍️राजाराम रत्गैंया अमौरा, कैलाली

    [७]
    मित्रता
    आपसी मेलमिलाप
    कार्य सहजतामा एकता !

    ✍️ मिलन के.सी.(थापा) पोखरा

    [८]
    सहकार्य
    आपसी एकता
    वर्तमान समयको आवश्यकता!

    ✍️हिमाल अम्मै घोडाघोडी कैलाली

    [९]
    साथी
    पवित्र गठबन्धन
    अगालो मारेर हिडेको !

    ✍️चक्र शाही

    [१०]
    साथी
    दु:ख सुख
    दुवै वेला जाती!

    ✍️बालकृष्ण खनाल टीकापुर

    [११]
    अपाङ्गता
    एकता विश्वास
    गर्दै होस्टेमा हैँसे !

    ✍️कमला देवकोटा, पाल्पा

    [१२]
    एकता
    आजको अपरिहार्यता
    प्रतिकुल परिस्थितीको सामना !

    ✍️सरस्वती श्रेष्ठ

    [१३]
    मित्रता
    बढाउँदै हौँसला
    दिन्छ जीवनमा सार्थकता !

    ✍️मङ्गला उपाध्याय

    [१४]
    साथी
    सधैँको मित्र
    अट्ने यो मनभित्र !

    ✍️जमुना आचार्य
    सिन्धुपाल्चोक

    [१५]
    मित्रता
    सुख दु:खमा
    समय परिस्थितिको अपरिहार्यता !

    ✍️दुर्गा भट्टराई
    मोरङ

    [१६]
    साथ
    एक अर्कामा
    सदैव मित्रको हात !

    ✍️शारदा आचार्य
    ललितपुर !

    [१७]
    सहकार्य
    असक्तको पाटो
    मिलापको बलियो गाँठो !

    ✍️टिकाराम पुनमगर
    छत्रेश्वरी २ सल्यान

    [१८]
    असल
    मित्रता बन्छ
    सधैँ बलियो खम्बा !

    ✍️सुमित्रा पोखरेल काठमाडौं

    [१९]
    प्रतिबद्धता
    बलियो सङ्कल्प
    गन्तव्यमा पुग्ने विश्र्वास!

    ✍️धर्मी शाक्य,बुटवल रुपन्देही

    [२०]
    सफलता
    सामुहिक शक्ति
    वर्तमान परिवेशको आवश्यकता !

    ✍️नारायण प्रसाद उपाध्याय , कैलाली ।

    [२१]
    सहारा
    शक्ति सञ्चय
    एक अर्काको अभिभारा !

    ✍️प्रेम थापा “मन ” बागलुङ

    [२२]
    विभव
    विशुद्ध सहकार्य
    हर असम्भव सम्भव !

    ✍️वसन्त अनुभव
    घोराही, दाङ

    [२३]
    अपाङ्ता
    दृढ इच्छाशक्ति
    अपूर्व कार्यगत एकता !

    ✍️वासुदेव ज्ञवाली, पाल्पा,तानपा- १

    [२४]
    सफलता
    गरेर हातेमालो
    बढ्दै जिन्दगी उकालो !

    ✍️बुद्धिमान चौधरी
    कनकाई नगरपालिका ४ झापा

    [२५]
    बुद्ध
    अमृत वचन
    सङ्घम् शरणम् गच्छामी !

    ✍️गोपाल प्रसाद पौड्याल

    [२६]
    मित्र
    सहयोगी हात
    असम्भव पनि सम्भव !

    ✍️धनमाया चौधरी कैलाली

    [२७]
    साथी
    मिलेको जाति
    पाइला सर्छ माथि !

    ✍️बिके माकजु , भक्तपुर ।

    [२८]
    साहसी
    व्यक्तित्व विकास
    अवश्य सफलता प्राप्ती !

    ✍️रिता खराल,रुपन्देही

    [२९]
    यात्रा
    सहकार्यको पाइला
    गन्तव्य पक्का एउटै !

    ✍️सविता के.सी., काठमाडौँ ।

    [३०]
    सहकार्य
    विपन्न दाैँतरी
    सहज लक्ष्य प्राप्ति !

    ✍️टीकाराम जाेशी, टीकापुर

    [३१]
    एकता
    आजको आवश्यकता
    विभाजन सदा घातक!

    ✍️निर्मला सुवेदी,बागलुङ।

    [३२]
    सफलता
    सहयाेगकाे फल
    उच्च मनाेबलले जीत !

    ✍️सुधा बाँस्कोटा ढकाल
    काठमाण्डु

    [३३]
    मित्रता
    सुन्दर प्रेमास्पद
    आपसको उद्देश्यमा सफल !

    ✍️उर्मिला पन्त पाण्डेय*
    ज्ञानेश्वर , काठमाण्डौँ*

    [३४]
    एकता
    होस्टेमा हैँसे
    असम्भव पनि सम्भव !

    पशपती राई

    [३५]
    मित्रभाव
    आपसी सहयोग
    सफल लगानीकाे सदुपयोग !

    ✍️श्रद्धा आचार्य , पोखरा

    [३६]
    उत्साह
    एकतामा बल
    हामी छाै सबल !

    ✍️प्रद्युम्न चालिसे

    [३७]
    मन
    हृदयमा विश्वास
    सहज हुन्छ जीवन !

    ✍️होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    [३८]
    साथी
    साथमा रहने
    उकाली ओरालीमा सघाउने !

    कविता आचार्य, कैलाली

    [३९]
    सम्बन्ध
    भएमा बलियो
    असम्भव हुन्न कहिल्यै !

    ✍️सन्तु खत्री

    [४०]
    जीवन
    कठाेर यात्रा
    एकता सद्भावकाे मात्रा !

    ✍️भवानी घिमिरे
    सर्लाही

    [४१]
    साथी
    गर्दै सहयात्रा
    सार्थक जीवनको बाटो !

    ✍️मानन्धर रमेश, काठमाडौं

    [४२]
    सहारा
    एक अर्काको
    बन्दै मजबुत सम्बन्ध !

    अनुग्रह राना मगर ‘पुष्प’
    संखुवासभा हाल मलेसिया

    Leave a Reply