पञ्चाङ्ग साहित्य समाज पाठशालाको छन्द अभ्यास शृङ्खलाको प्रथम भाग सम्पन्न

  • २१ चैत्र २०७८, सोमबार २३:५२ मा प्रकाशित
  • “पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “

    विधा :- छन्द पञ्चाङ्ग
    अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला
    मिति:- २०७८/ १२ /१८

    प्रशिक्षक:-
    नारायणप्रसाद निरौला
    गुणनिधि घिमिरे

    भाषा शुद्धीकरण सुझाव :-
    सविता के.सी.
    चन्द्रावती अधिकारी

    सङ्कलन तथा संयोजन
    सोमनाथ लुइटेल “रवि पाल्पाली”

    सहजकर्ता :-
    (महासचिव)
    रामराजा के. सी.

    स्थायी छन्द मिलाएर आफू खुसी राख्दा हुन्छ, अनुप्रास पाठशाला अभ्यासको नमुना श्लोक्मा दिए अनुसार आउनू, लाउनू, पाउनू, धाउनू, गाउनू, छाउनू आदि
    राख्नुहोला।

    छन्द :- स्रग्विणी
    गण :- र, र, र, र,
    SIS SIS SIS SIS

    पञ्चाङ्ग ०१

    फूलको बागमा आउनू सुन्दरी।
    प्रेमको मोहनी लाउनू सुन्दरी।।
    जूनको रस्मिमा चम्कने दीप्ति हौ,
    गीतको रागमा गाउनू सुन्दरी।
    रातको चाँदमा छाउनू सुन्दरी।।

    ✍️ नारायणप्रसाद निरौला, काठमाडौँ।

    पञ्चाङ्ग ०२

    गीतको तालमा गाउनू राम्ररी
    जूनको चालमा आउनू राम्ररी
    भूलको जालमा उम्कने प्राप्ति हौ
    प्रेमको बातमा छाउनू राम्ररी
    पीरको घाउमा लाउनू राम्ररी।

    ✍️निर्मला सुवेदी,बागलुङ।

    पञ्चाङ्ग ०३

    स्रग्विणी छन्द

    जे भयो प्रात नै पाउनू साथमा
    जो सुनौलो थियो धाउनू साथमा
    जिन्दगी चल्छ है चक्र कै रीतले
    भोलिको आशमा गाउनू साथमा
    जिन्दगी अर्पदै आउनू साथमा ।

    ✍️प्रेम थापा “मन” बागलुङ।

    पञ्चाङ्ग ०४

    प्रेमको छालमा आउनू पौडिदै
    कामना पाउदै छाउनु पौडिदै
    सामना गर्नुनै चालमा रोएरै
    आउँदा फाइदा पाउनु पौडिदै
    जीन्दगी दाउने लाउनु पौडिदै।

    ✍️अम्विका अधिकारी
    झापा विर्तामोड।

    पञ्चाङ्ग ०५

    यो मनको माझमा आउनु तिमी
    जुनी भरी नै माया लाउनु तिमी
    धेरै माया गर्नेछु म तिमीलाई
    मेरो लागि नै गीत गाउनु तिमी
    आँखाको वरिपरि छाउनु तिमी ।

    ✍️आर्मित्मा थापा मगर
    स्याङ्जा।

    पञ्चाङ्ग ०६

    छन्द :- स्रग्विणी
    गण :- र, र, र, र,
    SIS SIS SIS SIS

    प्रेमको बातमा आउनू रन्जिता
    जूनको रातमा धाउनू रन्जिता
    चम्किलो चाँदनी चम्किने दीप हौ
    साथको आशमा पाउनू रन्जिता
    गीतको मागमा गाउनू रन्जिता ।

    सुस्तरी रातमा आउनू माधुरी
    प्रेमको प्यासमा छाउनू माधुरी
    सक्दिनौ भुल्दिनौ साँच्चि हो वेदना
    बैसको मातमा लाउनू माधुरी
    चाँपको बासना पाउनू माधुरी ।

    ✍️तारा घिमिरे, संखुवासभा ।

    पञ्चाङ्ग ०७

    गूनको साथमा धाउनू सुन्दरी
    जूनको रातमा आउनू सुन्दरी
    जितेर चेहरा फेर्नुछ सिघ्रता
    सूनको साथमा लाउनू सुुन्दरी
    आशको सारमा छाउनू सुन्दरी

    ✍️जमुना आचार्य
    सिन्धुपाल्चोक।

    पञ्चाङ्ग ०८

    मोहनी लाउने पाउनू सुन्दरी
    आत्माको भित्रमा छाउनू सुन्दरी
    चाँदको यादमा जिउने काम भो
    मितको बातले धाउनू सुन्दरी
    जितको गीत पो गाउनू सुन्दरी

    ✍️सरिता काफ्ले, कोहलपुर बाँके।

    पञ्चाङ्ग ०९

    सुस्तरी सुस्तरी आउनू मञ्जरी
    प्रेमकाे रागमा गाउनू मञ्जरी
    जिन्दगी बन्छ याे चाहना भैदिए
    लक्ष्यमा आजनै धाउनू मञ्जरी
    प्यारकाे आैषधी लाउनू मञ्जरी।

    चन्द्रावती अधिकारी, बाँक्र कोहलपुर ।

    पञ्चाङ्ग १०

    तोटक छन्द
    विधा पञ्चाङ्ग
    गण निर्णय = सससस
    सलगा सलगा सलगा सलगा
    गण संकेत
    ।।ऽ ।।ऽ ।।ऽ ।।ऽ
    अति सुन्दर प्राण छ आफ्नु अहो
    कित सुन्दर पार्नु कि छाड्नु अहो
    छ विश्वास भने नविगार मति
    बुझ खप्पर ईश्वर मान्नु अहो
    नत मन्दिर मस्जिद बार्नु अहो ।

    गुणनिधि घिमिरे अमेरिका।

    पञ्चाङ्ग ११

    प्रेमको गीतमा छाउनू बेसरी
    पीरको घाउमा लाउनू बेसरी
    फूलको लाममा उम्कने प्राप्ति हौ
    गीतको तालमा आउनू बेसरी
    देशको काममा धाउनू बेसरी।

    चाँदनी रातमा आउनू सुन्दरी
    फूलको लालिमा लाउनू सुन्दरी
    गीत सङ्गितमा घन्किने सूर हौ
    गीतकै रागमा गाउनू सुन्दरी
    प्रेमको बागमा छाउनू सुन्दरी।

    ✍️ सोमनाथ लुइँटेल “रवि पाल्पाली” पाल्पा।

    पञ्चाङ्ग १२

    शान्तिकाे सारमा धाउनू संगिता
    गीतकाे साधना गाउनू संगिता
    वासना पुष्पमा छर्दिने गर्दछाै
    फैलँदै कर्ममा अाउनू संगिता
    भाग्यकाे हातले पाउनू संगिता !

    ✍️सुरेश चन्द्र घिमिरे
    लमजुङ।

    पञ्चाङ्ग १३

    सुस्तरी पाइला चाल है मनुष्य
    फोहरी खेल लौ फाल है मनुष्य
    दु:खमा हात लौ जोड है मिलेर
    आउने भोलि हो काल है मनुष्य
    कामना है वृद्ध पाल है मनुष्य ।

    ✍️गीता अर्याल, नेपालगन्ज २ बाँके।

    पञ्चाङ्ग १४

    प्रेमले गीत नै गाउनू सुन्दरी
    माघ मास घुम्टो लाउनू सुन्दरी
    लाउनू हातमा माथमा फुल त्यो
    मूटुको माझमा छाउनू सुन्दरी
    प्रितको बासना पाउनू सुन्दरी

    ✍️सुमित्रा पोखरेल, काठमाडौं।

    पञ्चाङ्ग: १५
    मानिसको जिन्दगी एउटा भाला रहेछ।
    भित्र खोक्रो शरीर बाहिर छाला रहेछ।
    ए मानव किन गर्छौं घमण्ड सधैंभरि,
    एक दिन सबै मरी जाने चाला रहेछ।
    चारैतिरबाट रिस गर्ने हाला रहेछ।

    ✍️ह्यारिस ह्यारिसन

    Leave a Reply