
१
प्रभात
आदित्य मुस्कुराए
उज्यालो बिहानी बनाए !
२
गुलाफ
प्रेमकाे प्रतीक
स्वच्छ सुन्दर उपहार !
३
माया
शाश्वत सुन्दर
जीवन बाँच्ने आधार !
४
मृत्यु
ठुलाे आश्चर्य
अकाट्य अनिवार्य यथार्थ !
५
सम्बन्ध
स्वतन्त्र सञ्चार
प्रेम मित्रताकाे आधार !
- सुधा बाँसकाेटा ढकाल
काठमाडौँ


As always, I love reading your poems. This Udaak explains the reality of nature cycle that we are in this planet earth. I felt like this UDAAK could have been longer. However, it was short and true of nature.