
काठमाडौ, २८ फागुन । साप्ताहिक उदक लेखन शृङ्खलाको ४२औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५५ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
शृङ्खलाका लागि राखिएको तस्बिर

तस्बिरमा उदक लेखन शृङ्खलामा सहभागी स्रष्टाहरूका उदकहरू
[१]
नेपाल
हाँसेको हिमाल
सुन्दर शान्त विशाल !
आर्त अकुलीन, कैलाली
२]
नेपाल
सुन्दरताको खानी
आउँछ मुस्कुराउँदै बिहानी !
पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती-३,काभ्रे
[३]
हिमाल
टल्कियो टलल
सुन्दर शीतल मनोहर !
पुष्पशायरा ।बिराटनगर ।
[४]
स्निग्ध
मेरो हिमाल
सुन्दर शान्त विशाल !
तिला लेकाली
[५]
सेतो
देखिने दृष्य
हिमाल नेपालको पहिचान!
बालकृष्ण खनाल
[६]
हिमाल
हाँसो कमाल
मेरो देश नेपाल !
सविता के.सी., काठमाडौँ ।
[७]
सेतो
हिउँको पछ्यौरी
हिमाली देश नेपाल !
सोमनाथ लुउटेल “रवि पाल्पाली”
[८]
म
पहिचानकाे आधार
विशाल हिम शैंल!
राेशन पराजुली, धरान।
[९]
स्वर्णिम
महान कलाकार
अटल सौभाग्य नेपाल!
कमला देवकोटा, पाल्पा
[१०]
हिमाल
सुन्दर पछ्यौरी
मनमोहक छ नेपाल !
प्रेम थापा
[११]
हिमाल
पहिचान हाम्रो
शिरमा साेभायमान ताज !
रामराजा के. सी.
फर्पिङ, काठमाडौं
[१२]
नेपाल
गुराँसमाथि हिमाल
सुन्दर शान्त विशाल !
सिबि आले मगर
[१३]
हिमाल
मुसुक्क हाँसेको
नेपालीको पहिचान साँचेको !
प्रदिप नेपाली
[१४]
गुराँस
निलो गगन
मुसुक्क हासेको हिमाल !
चक्र शाही कैलाली
[१५]
नेपाल
शिरमा हिमाल
छातीमा प्रफुल्ल लालीगुराँस !
वसन्त अनुभव
घोराही, दाङ
[१६]
हिमाल
हाम्राे नेपाल
सुन्दर शान्त विशाल !
नवराज भट्ट
कञ्चनपुर
[१७]
हिमाल
मुसुक्क हाँसेकाे
बिश्वमा नेपाल चिनाउन!
राज कुमार राजभण्डारी खाेटाङ्गे
भक्तपुर ।
[१८]
हिमाल
नेपालको निसानी
टल्कीयो शिरमा टलल !
सरस्वती श्रेष्ठ इटहरी
[१९]
हिमाल
हाँसेको मुसुक्क
फुलेको गुराँस ढपक्कै !
धनमाया चौधरी कैलाली
[२०]
सगरमाथा
जहाँ छ
त्यहाँ मेरो देश !
गुणनिधि घिमिरे
पाँचथर मोरङ हाल अमेरिका
[२१]
झलल
उच्च हिमाल
काखमा बसेको लालीगुॅरास!
सरस्वती श्रेष्ठ
रुपन्देही बुट्वल।
[२२]
सगरमाथा
हाम्राे गाैरव
विश्वकाे हाे शिर !
प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे ।
[२३]
शिखर
संसारको शिर
हामी नेपालीको सान !
दुर्गा अधिकारी भमरकोटे ।
[२४]
हिमाल
अटलताको प्रतीक
ओझेलमा पर्दै अस्तित्व !
कण्ठराज गिरी
टीकापुर कैलाली, हालअस्टलिया केनवेरा।
[२५]
हिमाल
दृढ छ
ऊ आफ्नो ठाउँमा !
रामप्रसाद पुरी
ऐसेलुखर्क २ खाेटङ
[२६]
शिखर
पाखामा लालीगुराँस
पृष्ठभूमिमा झलमल्ल हिमाल !
नारायण प्रसाद उपाध्याय
कैलाली ।
[२७]
नेपाली
हिमाल शिर
बिश्वमा जन्मिएका वीर !
सुरेश चन्द्र घिमिरे
लमजुङ
[२८]
हिमाल
देशको सम्पत्ति
नेपालीको गौरवको शान !
जमुना आचार्य
सिन्धुपाल्चोक
[२९]
प्रकृति
नील गगन
छातीमे हिमालके मुस्कान !
सागर कुस्मी, कैलाली
[३०]
टाकुरा
बलिया पाखुरा
वसन्तमा पलाउँदै आँकुरा!
हिमाल अम्मै
घोडाघोडी कैलाली
[३१]
गुराँस
अटल हिमाल
शुन्दर शान्त विशाल !
गिरी बलराज
[३२]
अटल
नेपालको शिर
उच्च हिमाल चुचुरो !
शारदा आचार्य
[३३]
नेपाल
पर्यटकको लर्को
चढ्न सगरमाथा हिमाल !
मंगला उपाध्याय
बारा कलैया १
[३४]
हिमाल
टल्केको शिखरमा
झल्केका चाँदीका लहरा !
अम्विका अधिकारी
झापा विर्तामोड
[३५]
हिमाल
मुसुक्क मुस्कुराउदै
पर्यटकलाई आकर्षित गर्दै !
खेमराज पुरी कैलाली
[३६]
हिमाल
प्राकृतिक सुन्दरता
मन लोभ्याउने ठाँउ !
बुद्धिमान चौधरी
कनकाइ नगरपालिका ४ झापा
[३७]
निलगगन
हिमाल मगन
मुग्ध भयो मन!
राम बहादुर चौधरी, गोरखा।
[३९]
हिमाली
दृश्य चमक
टाढाबाटै देखिन्छ मनमाेहक !
केशवप्रसाद ढकाल `प्रीतविज
गाेरखा
[४०]
हिमाल
चम्किलो नेपाल
स्वतन्त्रता छचल्किएको विशाल !
जमुना कायस्थ, पोखरा
[४१]
हिमाल
प्राकृतिक छटा
कुत्कुती लाग्छ कताकता !
घनश्याम पौडेल, पोखरा
[४२]
हिमाल
प्रकृति छटा
फिँजाइ श्वेत लट्टा !
भवानी घिमिरे
सर्लाही
[४३]
हिमाल
नेपालीको शिर
फोरिदै छ दिनदिनै !
सुमित्रा पोखरेल काठमाडौं
[४४]
बिहानी
मनोरम दृश्य
शान्त मन्द शीतल !
मिलन के.सी.(थापा), पोखरा
[४५]
हिमाल
नेपाली सान
पार्छ उच्छ स्वाभिमान !
राम न्यौपाने
[४६]
हिमाल
अश्रुधारा झार्दै
आखिर नेताहरू झाँगिदै !
त्रिलोक रामदम, भैरहवा
[४७]
प्रफुल्ल
मेरो देश
हिमाली लालिमा पाएर !
गोपाल प्रसाद पौड्याल
[४८]
उपज
विभाजित विचार
बेथिति छ बढ्दो !
निर्मला सुवेदी
[४९]
हिमाल
नेपाली सान
विश्वमै टल्कियो टलल !
दुर्गा भट्टराई
मोरङ
[५०]
शिखर
उच्च हिमाल
लक्ष्य चुम्ने रहर !
कविता आचार्य, कैलाली
[५१]
गगन
सुन्दर हिमाल
गुराँस भयो मन्त्रमुग्ध !
रचना शर्मा प्रतीक्षा, ललितपुर ।
[५२]
हिमाल
नेपाली पहिचान
सर्वोच्च शिखर सगरमाथा !
विष्णुदीप सङ्कल्प
भक्तपुर
[५३]
हिमाल
हामी नेपालीको
विश्व पहिचानको खानी !
सुशीला पौडेल
[५४]
मुसुक्क
हिमाली मुस्कान
सुन्दर लालीगुराँसे वन !
टिकाराम जोशी
[५५]
हिमाल
देशको गौरव
बोकेर हाँस्दै लालीगुराँस !
अनुग्रह राना मगर ‘पुष्प’
संखुवासभा हाल मलेसिया
>>>>>>जय उदक ! जय साहित्य !!<<<<<<


assibal 7802dec3d1 https://marketplace.visualstudio.com/items?itemName=vialenliyu.16-In-1-Super-Sim-Card-Software-Downloadgolkes-amerdevo