
१
फूल
सङ्घर्षले फुल्छ
त्यसैमा फल झुल्छ !
२
बिज
माटो छुन्छ
सृष्टिको जीवन जिउँछ !
३
रुख
स्थिर हुन्छ
घाम, पानी, हुरी !
४
माटो
उमार शक्ति
सजीव सबैको भर !
५
शक्ति
आत्माको बल
माया, रिस, आपत !
६
कलम
मानव निर्मित
हातहरूमा लुकेका कला !
७
मानिस
मन मस्तिष्क
जिउँदो हुनुको आभास !
८
बिम्ब
तुलनात्मक प्रयोग
राम्रा नराम्रा उदाहरण !
९
लिपि
मानवीय कला
ठाउँ अनुरूपको भाषा !
१०
नीति
भएका बेथिति
सङ्घर्घ गराउने कुरीति !
- सविता के.सी.
काठमाडौँ

