साउदीको अल कासिममा मृगौला रोगले छट्पटीरहेका गोरखाका बराम स्वदेश फर्किए ।

  • १ चैत्र २०७८, मंगलवार ०१:१४ मा प्रकाशित
  • समर्पण रम्जान

    १४ मार्च २०२२, साउदी अरब! गोरखा आरुघाट गा:पा:४ बुधेगरा घर भएका वैदेशिक रोजगारीको सिलसिलामा तिन महीना अगाडी (पुसमा) साउदी अरब आएर २ महिनादेखि दुबै मृगौलामा पत्थरी भइ अत्यन्तै पीडित बनेका कुमार बराम “बुधेगरा सोसाइटि युथ क्लब” आरुघाट गोर्खा कि अध्यक्ष सरुपा काप्रीको निरन्तर समन्वय सहयोग पछि १४ मार्चका दिन स्वदेश फर्कन सफल भएका छन् ।

    गत मिति 2078/पुस 12 गतेका दिन वैदेशिक रोजगारको शिलशिलामा काठमाडौ लाजिम्पाट स्थिति कसमस नेपाल ह्युमन रिसोर्ट मेनपावरद्वारा साउदी अरबको अल कासिम बुरैदामा पुगेका बराम प्रत्येक दिन आफ्नो बड्दै गएको स्वास्थ्य समस्याको कारण छट्पटीदै गर्दा पीडितले क्लबकी अध्यक्ष काप्रीलाई सहयोग गरि नेपाल फर्काउन बारम्बार अनुरोध गरेका थिए ।

    उहाँलाई नेपाल झिकाउनका लागि १०,००० साउदी रियल तिर्नुपर्ने भएकोले उहाँको अनुरोध अनि पिडालाई महसुस गर्दै तुरुन्त उहाँलाई नेपाल् झिकाउन सहयोगको लागि क्लबकी अध्यक्ष काप्रीले मेनपावर, तथा अन्य संघ संस्था, सरकारी कार्यलय र साउदी अरेबियामा हामी नेपाली भन्ने ग्रुपमा समेत अनुरोध गरेकी थिइन् ।
    अध्यक्ष काप्रीको अथक समन्वय र विविध पक्षहरुसित सहयोगको लागी गरिएको अनुरोध पछी रोजगार दाता ,कशमश नेपाल् ह्युमन रिसोर्टका संचालक ऋषि बहादुर रावल, भिम प्रसाद काप्री, भिम बहादुर सुनार,दिल प्रसाद धमला, र केशव धमला, लगाएत अन्य ब्यक्तिहरुको सहयोग तथा पहलमा पीडित बराम शकुशल स्वदेश फर्कन सफल भएका छन् ।

    उहाँको स्वदेश फिर्तीका लागि सहयोग गर्नु हुने सम्पुर्ण सहयोगी मनहरुलाई क्लबकी अध्यक्ष सरुपा काप्रीले हार्दिक कृतज्ञता व्यक्त गरेकी छन् ।

    Leave a Reply