
नेपालको औपचारिक भ्रमणका लागि सोमबार साँझ काठमाडौं आइपुगेका साउदी अरबका विदेशमन्त्री फैजल बिन फरहान बिन साउदले आज (मंगलबार) उच्चस्तरीय भेटवार्ता सुरु गर्दै छन्।
साउदीका राजकुमारसमेत रहेका फैजलले आज राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भेटवार्ता गर्ने कार्यतालिका छ।
भ्रमणमा नेपाल र साउदीबीच जेनरल कोअपरेसन एग्रिमेन्ट (जीएसए) मा हस्ताक्षर हुँदैछ।

