पञ्चाङ्ग साहित्य समाज पाठशालाको बाइसौँ अभ्यास शृङ्खला सम्पन्न

  • ३ चैत्र २०७८, बिहीबार १७:०० मा प्रकाशित
  • ——————————————–
    “पाँच तत्त्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार “
                       विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला
               मिति:- २०७८/ १२ /०१
    ………………………………………….

    प्रशिक्षक:-
    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    नारायण प्रसाद निरौला
                  
    भाषा शुद्धीकरण सुझाव :-

    सविता के.सी.
    चन्द्रावती अधिकारी

    सङ्कलक :-
    सोमनाथ लुइटेल “रवि पाल्पाली”

    सहजकर्ता :-
    (महासचिव)
    रामराजा के. सी.

    ======================
    आज  अभ्यासमा  दिएको अनुप्रास र स्थाई राखेर १७ अक्षरमा पञ्चाङ्ग लेख्नु हुन अनुरोध गर्दछौँ।

    अनुप्रास
    ————–
    खाएको ,लाएको, पाएको, छाएको, धाएको, गाएको,

    स्थायी
    ====
    देखेको छैन

    ३+२+४+३+३+२=१७
    ———————————-

    पञ्चान्ङ्ग  ०१

    नेताले अझै जनताले खाएको   देखेको छैन
    गरिबी हुँदा कपडा नै  लाएको   देखेको छैन
    तिमी जस्तो भ्रष्टाचारीलाई के नेता भन्ने अब
    तनाव   दु:ख  दरिद्रता  पाएको देखेको छैन
    घरको छानो कहिले नि छाएको देखेको छैन ।

    ✍️सोमनाथ लुइटेल “रवि पाल्पाली”

    पञ्चाङ्ग  ०२

    कसरी बुझ्छौ काममा नै धाएको देखेको छैन
    सोध्दैनौ किन आजकल खाएको  देखेको छैन
    जिन्दगी मोल मोलाइमा लानेको के भर होला ?
    राख्नेले ख्याल सुखदुःख पाएको देखेको छैन
    दनियाँ देख्दा खुसीपन छाएको देखेको छैन ।

    ✍️जमुना आचार्य, सिन्धुपाल्चोक

    पञ्चान्ङ्ग  ०३

    कसम खाई माया प्रित लाएको देखेको छैन
    चुनावपछि जनतासँग धाएको देखेको छैन
    कुकर्मी  भन्ने  इतिहास  बनाई  जानेनै  भयौ
    जनता खुसी भई मीठो खाएको देखेको छैन
    दु:खद क्षण सुख पनि पाएको देखेको छैन ।

    ✍️प्रेम थापा “मन”बागलुङ

    पञ्चाङ्ग    ०४

    उकालो बाटो ओरालीमा झरेर खाएको छैन ।
    कपट पूर्ण झुठो प्यार कहिल्यै लाएको छैन ।
    समय पनि चारैतिर दुषित भएको देख्दा ,
    चाकरी गर्न दुई हात जोडेर धाएको छैन ।
    सम्झेर सारा रातदिन भजन गाएको छैन ।

    ✍️आर्त अकुलीन, कैलाली

    पञ्चाङ्ग    ०५


    खुसीले आफ्नो मदौरुले खाएको देखेको छैन
    घमण्डीहरू सोझो बाटो  धाएको देखेको छैन
    जिन्दगी हाम्रो दु:खपूर्ण यात्रा नै  रहेछ  साथी
    सत्यता  कैल्यै असत्यमा पाएको देखेको छैन
    विधाता यहाँ भाग्य बनी आएको देखेको छैन ।


    घरको छानो महिलाले  छाएको  देखेको छैन
    गाइनेविना सारङ्गीले    गाएको  देखेको छैन
    मान्छेको यहाँ मदतले  मान्छे नै बाँचेको हुन्छ
    कसैले माया एकोहोरो  लाएको देखेको छैन
    खोलाले कैल्यै तिर्खातिर धाएको देखेको छैन ।

    ✍️गुणनिधि घिमिरे पाँचथर मोरङ हाल अमेरिका

    पञ्चाङ्ग   ०६

    माटाे   छाेएर खै कसम  खाएकाे देखेकाे छैन
    मेचीदेखि कालीकाे माया लाएकाे देखेकाे छैन
    चुनावअघि  गाउँ   डुल्ने  नेताहरू कता   गए ?
    अरुबेला ती  गाउँवेसी धाएकाे   देखेकाे    छैन
    जनताले   कुनै   राहत पाएकाे   देखेकाे    छैन ।

    ✍️चन्द्रावती अधिकारी, बाँके कोहलपुर

    पञ्चाङ्ग    ०७

    गणतन्त्र कहाँ छ अझै आएकाे देखेकाे छैन
    राजनीतिज्ञ क्वै दिनमा छाएकाे देखेकाे छैन
    कसरी हुन्छ सुविधा आफैँ भाेगाैँ भन्छन् सबैले
    भाेट माग्न बाहेक् गाउँमा धाएकाे देखेकाे छैन
    कसैले  नेताकाे गीत नि गाएकाे देखेकाे छैन ।

    ✍️ताेयानात सुवेदी, काठमाडौं

    पञ्चाङ्ग   ०८

    देशमा अझै  लोकतन्त्र आएको  देखेको  छैन
    पुरानो  छानो   उधारेर  छाएको  देखेको  छैन
    अभाव,दु:ख पीडाहरू उस्तै नै  छन् अझै पनि
    लोकले  नयाँ  अनुभूति  पाएको  देखेको  छैन
    भोकाले अझै  दुईछाक  खाएको  देखेको छैन ।

       ✍️  नारायणप्रसाद निरौला, काठमाडौँ।

    पञ्चङ्ग   ०९

    जनता  दुःखी भए  खुसी छाएकाे देखेकाे छैन
    सुकिला न्यानाे वस्त्रहरू लाएकाे देखेकाे छैन
    हरेक  कुरा  महङ्गिले  ढाडमा  सेक्दैछ  अाज
    दैनिक खाना  पुगुञ्जेल खाएकाे देखेकाे छैन
    सुखकाे शान्ति हियारमा पाएकाे देखेकाे छैन।

    ✍️सुरेश चन्द्र घिमिरे , लमजुङ

    पञ्चाङ्ग   १०

    बाघले घाँस भाेकाएर खाएको देखेकाे छैन ।
    प्यासमा तड्पी समुन्द्रले धाएकाे देखेकाे छैन ।
    विश्वास गर प्रकृतिमा अथाह भण्डार हुन्छ ,
    धैर्यमा दुःख दुनियाँले पाएकाे देखेकाे छैन ‌।
    वसन्तविना काेइलीले गाएको देखेकाे छैन ।

    ✍️भवानी घिमिरे
         सर्लाही

    पञ्चाङ्ग   ११

    कति रिस गर्छौ नि मैले राम्रो लाएको देखेर,
    कुरा काट्दै हिडछौ मैले सुख पाएको देखेर
    अर्काको रिस गरि मात्र हुःदैन आफ्नो उन्नति ,
    खेदो नखन अबदेखि मीठो खाएको देखेर,
    आभास अचम्मको गित मेरै गाएको देखेर।

    ✍️दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग   १२

    उसको कसैले नराम्रो गाएको देखेको छैन
    साथी सङ्गीले पनि कुरा लाएको देखेको छैन
    असल मान्छे त्यसै स्वभावले चिनिन्छ हेर्नुहोस्
    कतैबाट नराम्रो कुरो आएको देखेको छैन
    कहिल्यै दोष र आरोप पाएको देखेको छैन ।

    ✍️सरस्वती श्रेष्ठ इटहरी

    पञ्चाङ्ग   १३

    खै झुटाे माया कसैसँग  लाएको देखेको  छैन
    समुन्द्रबाट गाग्रीमा पानी भरेर आएको देखेको छैन
    आफ्नो जे छ त्यसैमा खुसी भए
    शान्ति मिल्छ बरु
    मैले  सभाहलमा गीत गाएको देखेको छैन
    तिर्खा लाग्दा खोलो नै आफै धाएको देखेको छैन ।

    ✍️दुर्गा भट्टराई
    मोरङ

    पञ्चाङ्ग   १४

    महङ्गिले गर्दा नै मिठाे खाएकाे देखेकाे छैन
    राम्राे टालाे कहिल्यै पनि लाएकाे देखेकाे छैन
    के गर्नु यस्ताे गरिबी जिन्दगी हुँदै छ गएकाे
    मैले थाहा पाउँदा सुख पाएकाे देखेकाे छैन
    आहा भनेर शान्ति गीत गाएकाे देखेकाे छैन  ।

       ✍️मधुसूदन प्रसाद घिमिरे

    पञ्चाङ   १५

    गरिबको घरमा खुसी आएको देखेको छैन
    साँझ बिहान पेटभरी खाएको देखेको छैन
    जिन्दगी जिउन अतन्तै कठिन छ महङ्गीले
    राम्रो न्यानो र तातो लुगा लाएको देखेको छैन
    मुहार मलिन्द्र छ खुसी छाएको देखेको छैन ।

    ✍️तारा घिमिरे संखुवासभा

    पञ्चाङ्ग   १६

    सङ्घर्ष भोक मार्नलाई, पाएको देखेको छैन
    स्वार्थका लागि परदेश धाएको देखेको छैन
    प्रकृति यसै सुन्दर छ, हिमाल हाँसेको देख्दा
    पिरती चोखो गुराँसमा लाएको देखेको छैन
    चुच्चामा दाना नओसारी खाएको देखेको छैन ।

    ✍️सविता के.सी. काठमाडौं

    पञ्चाङ्ग   १७

    काँचो भयो धान राम्ररी    दाएको देखेको छैन
    खेताला खोजेको गाउँमा पाएको देखेको छैन
    पानी आउला  खेतिपाती कसरी  स्याहार गरुँ ?
    कुराले  मात्र गर्‍यो  पछि लाएको देखेको छैन
    कालोबादल छ राम्ररी  खाएको देखेको  छैन

    ✍️देवि कार्की , झापा

    पञ्चाङ्ग    १८              

    दुःखीले यहाँ रमाएर खाएको देखेको छैन
    स्वार्थीले बीउ जमाएर लाएको देखेको छैन
    लगावविना सजिएको स्वार्थीको संसार हेर
    कहिले केही समाएर धाएको देखेको छैन
    दुःखीले सुख कामाएर पाएको देखेको छैन ।    

    ✍️निर्मला सुवेदी,बागलुङ।

    पञ्चाङ्ग   १९

    चुनाव जितेर गाँउमा आएको देखेको छैन
    तिम्रै शासनमा  लाउन पाएको  देखेको छैन
    भ्रष्टाचार खेती बन्यो जनता मासी मासी यहाँ
    दुई छाक रमाएर नै खाएको देखेको छैन
    निर्धोले  जिउ ढाक्ने  वस्त्र लाएको देखेको छैन।

    ✍️चेतना पोखरेल,मोरङ

    पञ्चाङ्ग   २०

    नेपाली जनतामा खुसी छाएको देखेको छैन।
    गणतन्त्र आए नि पछि धाएको देखेको छैन।
    देशमा जतिसुकै परिवर्तन आएर के भो,
    दुःखीले दुईछाक खाना खाएको देखेको छैन।
    शान्तिको सास फेर्न पनि पाएको देखेको छैन।

    ✍️सुशीला पौडेल, काठमाडौं

    पञ्चाङ्ग  २१

    उन्ले सुख कहिले पनि, पाएको देखेको छैन
    गरिब  हुँन्छ पेटभरी, खाएको  देखेको  छैन
    ऊ केही नगरी बस्न खोज्छ अल्छी बनेर सधैं
    परिश्रम  गर्न  बारीमा, धाएको  देखेको  छैन
    आङमा पनि नयाँ लुगा, लाएको देखेको छैन।

    ✍️पबित्रा चाम्लिङ, खोटाङ।

    Leave a Reply