उदक यात्री भवानी घिमिरेका उत्कृष्ट उदकहरू

  • ३ चैत्र २०७८, बिहीबार १६:५० मा प्रकाशित
  • १.
    हाेली
    दुष्टात्माकाे अन्त्य
    सत्य कर्मकाे विजय !

    २.
    रङ्ग
    रमाइलो तरङ्ग
    आपसी सद्भावमा दङ्ग !

    ३.
    इन्द्रेणी
    शान्त भावना
    विश्व बन्धुत्वकाे संभावना !

    ४.
    रङ्ग
    सत्य कर्म
    कदापि नहुने अधर्म !

    ५.
    हाेली
    सम्मानित बाेली
    सन्देश दिने सुसेली !

    ६.
    सत्य
    फैलाइ लालित्य
    आनन्दित जीवन अन्तताेगत्वा !

    ७.
    सत्कर्म
    नछाड्ने धर्म
    सार्थक जीवनकाे मर्म !

    ८.
    अति
    दुष्ट मति
    कदापि नहुने गति !

    • भवानी घिमिरे
      सर्लाही

    Leave a Reply