
प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी) द्वारा आगामी फागुन ०६ गते अथार्त फरवरी १८मा प्रवासी संग डाक्टर” को अर्को श्रृंखलामा मिर्गौलासम्बन्धी समस्या तथा सामाधानमा केन्द्रित रहेर कार्यक्रम सञ्चालन हुने भएको छ।
कार्यक्रमको पहिलो शृंखलामा बिश्वब्यापी रुपमा फैलिएको कोरोना महामारी संगसगैं आउने स्वास्थ्य समस्या सम्बन्धि बिषयमा केन्द्रित रही सम्पन्न भएको थियो भने दोस्रो श्रृंखला मानसिक स्वास्थ्यमा केन्द्रित रहेर जुम माध्यमबाट विभिन्न अनलाइन पत्र-पत्रिका तथा फेसबुक पेज मार्फत सीधा प्रसारण गर्दै भब्यरुपमा सम्पन्न भएको थियो।
अब आगामी कार्यक्रम सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र काठमांडू की विशेषज्ञ डाक्टर कल्पना श्रेष्ठद्वारा मिर्गौलासम्बन्धी समस्या तथा सामाधानबारे सल्लाह सुझाव लगायत विशेष छलफल हुने पिएनसीसी आईएलओ प्रोग्रामका संयोजक भरत नेपालले बताउनुभयो।
विशेषगरी खाडी मुलुकमा रहेका नेपाली नागरिकको स्वास्थ्यमा मृगौलाको समस्या चरम रुपमा देखिएको तथ्यांकले देखाएको र यसो हुनुमा त्यहाँको हावापानी तापक्रम नेपालको अनुकूल नहुने भएकोले खाडी मुलुकमा रहेका नेपालीहरुलाई लक्षित गरी मृगौला सम्बन्धी सचेतना कार्यक्रम अगाडि ल्याइएको प्रमुख नेपालले बताउनुभयो ।
विश्वका अधिकांश मुलुकको कुल जनसंख्याको १० प्रतिशत मानिस मिर्गौला सम्बन्धी रोगबाट पीडित हुने गरेको तथ्याङ्क विश्व स्वास्थ्य संगठनको तथ्याङ्क छ । यस आधारमा नेपालमा करीब ३० लाख मानिसमा मिर्गौला सम्बन्धी जोखिम रहेको चिकित्सकहरु बताउँछन् ।
करीब ३० हजार व्यक्ति रोगको अन्तिम चरणमा पुगी डायलासिस वा प्रत्यारोपण गर्नुपर्ने अवस्थामा रहेको उनीहरु बताउँछन् । पछिल्लो समय त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गौला प्रत्यारोपण गराउनेको संख्या ५ सय ५० पुगेको छ । यस्तै, मुलुकका विभिन्न अस्पतालमा १३ सय बढीले सफल मिर्गौला प्रत्यारोपण गरेको तथ्याङ्क छ ।
जुम माध्यमबाट कार्यक्रममा सहभागी हुनको लागी :-zoom
आईडी 28 97414063 पासवर्ड:- pncc

