पञ्चाङ्ग चित्रपटको तेस्रो भाग सम्पन्न; १९ जना सर्जकको सहभागीता

  • २१ माघ २०७८, शुक्रबार २३:४२ मा प्रकाशित
  • पञ्चाङ्ग चित्रपट : भाग: ०३
    लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१
    मिति: २०७८/१०/२०

    प्रशिक्षक :
    सुशीला पौडेल
    सविता के.सी.
    मिति : प्रत्येक हप्ताको पाँचौं (५) दिन अर्थात्  बिहीवार

    चित्र सङ्कलक :
    रामराजा के.सी.

    आदरणीय पञ्चाङ्गका अनुरागी  एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरु
    हार्दिक नमस्कार ।
    हामी साप्ताहिक पञ्चाङ्ग लेखन अभ्यासको तेश्रो  शृङ्खलामा छौँ  । यस् शृङ्खलामा पनि दिइएको चित्रपट अनुसारको बिम्बात्मक तथा गहन मौलिक भाव झल्किने एउटा मात्र पञ्चाङ्ग साँझ ८:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।
    नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित लेखिएका पञ्चाङ्ग मात्र समायोजन गरिने जानकारी गराइन्छ ।

    चित्रपट 
    ———-

    पञ्चाङ्ग   ०१

    एकान्त   उजाड नै मन परेको छ मलाई
    गाउँबाट जंगल   तिर   झरेको छ मलाई
    पुर्पुरोमा हात राखेर सोच्न बाध्य भइयो
    अरुले होइन आफन्तले गरेको छ मलाई
    त्यसैले कालोबादलले   घेरेको छ मलाई।

    ✍️सोमनाथ लुइटेल  ” रवि पाल्पाली “

    पञ्चाङ्ग   ०२

    मानवताको सम्झौता भित्र सायद तिम्रो नाम छैन
    रुखमुनी बसिरहेको छौ  घरमा तिम्रो काम छैन…?
    कवि हौ तिमी कुनै रचना गर्नलाई मस्त छौ यहाँ…?
    जाडोले घाँम तापेको भनुँ त यहा कुनै घाम छैन
    भन  किन यहाँ एक्लै बसेको कित तिम्रो ठाम छैन ..?

    ✍️गुणनिधि घिमिरे पाँचथर मोरङ हाल अमेरिका

    पञ्चाङ्ग   ०३

    हेलामा  परे  पनि  सरल  मनको  लचिलो  डोरो  म त
    तनले  र  मनले   जनाउनुछ   नेपालकै   छोरो  म   त
    प्राण रहुन्जेल  कसैको साथ होस्  अथवा एक्लै रहुँला
    अनुहार  कालो  भए  पनि  ज्ञान  सिकाउने  गोरो म त
    ल हेर्नुस् त विकल्प र  गन्तव्य बिना कै एकोहोरो म त ।

    ✍️प्रेम थापा, बागलुङ

    पञ्चाङ्ग   ०४

    कल्पनामा   तिम्रै बाटाे   हेर्दै हेर्दै  बसेँ,
    आशामुखी  सासहरु   फेर्दै फेर्दै  बसेँ।
    रात दिन एकै भयाे तिम्राे साथ छुटेदेखि
    मन मुटु   तिम्रै  यादले   बेर्दै बेर्दै    बसेँ ।
    विरहका      गीतहरु   केर्दै केर्दै     बसेँ।

    ✍️ चन्द्रावती अधिकारी  बाँके कोहलपुर

    पन्चाङ्ग   ०५

    प्रकृतिको काखमा दु:ख पिर साट्दै मन भुलाएछ
    डुब्दै सौन्दर्यमा आकाश छाना मुनि तन भुलाएछ
    एकान्तको प्रेमी ऊ त एक्लै बसी मनमनै गुम्दो हो
    आफन्तले दिएको चोट सबै सम्झी जन भुलाएछ
    धर्ति पो अङ्कमाल गर्दै कल्पनामै धन भुलाएछ ।

    ✍️सरिता काफ्ले कोहलपुर बाँके

    पञ्चाङ्ग   ०६

    रुन्न भन्छु मान्दै मन पनि कस्तो चोट परेको छ
    सोध्नु  छ यी आँसुलाई कुन पीडाले झरेको छ?
    एक्लै बसी मनका पीडा धेरै खोजे लुकाउन
    आफैंलाई थाहा छैन किन कस्ले यस्तो गरेको छ
    नयनमा साउने भेल  सधै भरि नै झरेको छ

    ✍️चेतना पोखरेल , मोरङ

    पञ्चाङ्ग   ०७

    कालो बादल मडारिए झै मन भएको छ
    सितलता विहिन वृक्ष झै तन भएको छ
    सब जन को नजरमा विक्षिप्त देखिन्छ ऊ
    सिङ्गो मानव बस्तीमा एक्लो झन भएको छ
    उस्को दुःख  वेदना नबुझ्ने जन भएको छ।

    ✍️पद्मा रिजाल- बाँके

    पञ्चाङ्ग   ०८

    पात झरेको नाङ्गै रहेछ ओत लागेको रुख पनि
    नदेखिने गरी घोप्टिएका छौ किन आफ्नै मुख पनि
    प्रकृतिले दिएका रात र दिन भोग्नै पर्छ मान्छेले
    यसरी एकान्तमा बसेर कहाँ भेटिन्छ सुख पनि
    कराएरै हिँडे सधैँ लेखेपछि मेटिन्न दुःख पनि

    ✍️सविता के.सी. काठमाडौं

    पञ्चाङ्ग   ०९

    बासको ठेगान छैन अोत लाग्ने रुखको पात छैन
    खाने गास छैन ढुक्कसँग निदाएको त्यो रात छैन
    सुखदुःख केहि हैन अौकातको छैन कुनै पर्वाह
    भन्थे मानवता भन्दा ठूलो त अर्को कुनै जात छैन
    यो स्वार्थी दुनियाँमा कुनै सेवामूलक जमात छैन।

    ✍️निर्मला सुवेदी,बागलुङ ।

    पञ्चाङ्ग  १०

    कल्पना छन् मनमा विभिन्न सजिएका रात पाउने आसमा,
    जीवन भर तिम्री हुँ हरेक मोडमा हात पाउने आसमा।
    एकान्त ठाउँमा बसेर रङ्गिन सपना बुनेकी छु मैले धेरै
    तिम्रो सम्झनामा एकोहोरी नै भए मत साथ पाऊँने आशमा
    कति टाढा मन उडेको छनै चङ्गा सरि नाथ पाउने आसमा।

    ✍️दुर्गा आचार्य , मोरङ

    पञ्चाङ्ग   ११  

    आज मलाई एकान्तमा एक्लै पारी छोडिदेऊ भन्छु
    मैले लाएको माया बिर्सिएर अन्तै मोडिदेऊ भन्छु
    यी रुख अनि पातसँग  म मितेरी लाउँदै छु साथी
    नछुट्टिने बाचा र कसम तिमीले तोडिदेऊ भन्छु
    रुख सुके  नि  जाग्न सक्छ पानी हाली गोडिदेऊ भन्छु ।

    ✍️सरस्वती श्रेष्ठ इटहरी

    पङ्चाङ्ग   १२

    झमझम चिसो पानी पर्दा तिमी याद आयौ
    एक्लो जिन्दगीमा आँसु झर्दा तिमी याद आयौ
    उजाड छ जिन्दगी पात झरेको रूखजस्तै
    गाउँबेसी मेला एक्लै गर्दा तिमी याद आयौ
    आफ्नै छाया हेर्दै ख‍ोली तर्दा तिमी याद आयौ

    ✍️पुष्पा नेपाल (सुवेदी ),इलाम

    पञ्चाङ्ग   १३

    शिशिरकाे पत्झड र उजाड भयाे जिन्दगी
    खुसीकाे अासमा टाेलाउँदै गयाे जिन्दगी
    ग्रहण लागे झैँ सँधै अन्धकार भयाे हेर
    सहनै नसक्ने दुःख र पीडा पायाे जिन्दगी
    के गरूँ सुख खाेज्दै दु:ख तिरै धायाे जिन्दगी।

    ✍️रामराजा के.सी. काठमाडौं

    पञ्चाङ्ग   १४

    हार आफैँसँग खाएर होला, विकल्प देख्दिन ।
    चोटमाथि चोट पाएर होला, विकल्प देख्दिन ।
    कहिले आफैँलाई मार्यौ जस्तो लाग्छ, किन होला ?
    आफू सधैं एक्लो लागेर होला, विकल्प देख्दिन ।
    भगवानले नि चाहेर होला, विकल्प देख्दिन ।

    ✍️केशब न्यौपाने, नुवाकोट

    पंञ्चाङ्ग   १५

    अथाह  पीडा  बोकेर  टोलाएको  छु  मौनतामा रुदैँ
    भोकै प्यासै रुग्ण ज्यान लोलाएको छु मौनतामा रुदैँ
    कोरोना  कहरले आफन्तका  लास बोकी म एक्लो छु
    उराठ वृक्ष झै मन डोलाएको  छु  मौनतामा रुदैँ
    यमराज  सामु  मृत्यु  बोलाएको छु  मौनतामा रुदैँ।।

    ✍️लक्ष्मी प्रसाद फुयाल
    मोरङ पथरी शनिश्चरे

    पञ्चाङ्ग   १६

    पीर~वेदना चैँ सस्तो भयो,
    जीवन मेरो खै कस्तो भयो?
    बूढो रूख  बिना छहारीको
    हेर्दा पनि उजाड् जस्तो भयो,
    जीन्दगानी मेरो यस्तो भयो।

      ✍️अरुण कुमार भुजेल

    पञ्चाङ्ग   १७

    ऊ कसैको यादमा बसेको छ ।
    निधारमा खरानी घसेको छ ।
    जिन्दगी नबुझेर हिँडेको हो ,
    घर छोडी जङ्गल पसेको छ ।
    लाग्छ प्रेम कुण्डमा खसेको छ ।

    ✍️आर्त अकुलीन, कैलाली

    पञ्चाङ्ग    १८

    शक्तिहिन हुँदै गयाे ।
    बुढ्याईले छुदै गयाे।
    मेरा सवै पात झरे ।
    अब दिन रुदै गयाे ।
    शिशिरले धुदै गयाे ।
               १
           सवैकाे सहारा बन्न सक्थे
           हरियालिले म रम्न सक्थे ।
           शरदेले मलाइ रङ्ग्यायाे ।
           वसन्त आउला भन्न सक्थे ।
           पात भरिए त जम्न सक्थे ।
                         २
             ✍️   मधुसूदन प्रसाद घिमिरे

    पञ्चाङ्ग   १९

    मैले रुखसँग प्रेम लाएको छु।
    म कसैको मायामा हराएको छु।
    मेरी उनिको प्रतीक्षामा जहिले,
    एकान्तमा आँसु बगाएको छु।
    जिन्दगीका सपनामा रमाएको छु।

    सुशीला पौडेल , काठमाडौं
    गोरूबथान,कालेबुङ्ग,भारत।

    Leave a Reply