टुक्का कविता – ‘ईतिहास र वर्तमानमा नेपाली शासकहरु’

  • ९ पुष २०७८, शुक्रबार ०८:२२ मा प्रकाशित
  • ग्वालाहरु शासन गर्थे परापूर्व कालमा,
    लिच्छवि र अंशुबर्मा फिरे मध्य नेपालमा ।।१।।

    पूर्व दिशा किराँत राईले पश्चिम क्षेत्री खसले,
    हिमाल भेगमा भाेटे तामाङ राज्य हाँक्थे जसले ।।२।।

    मध्य पहाड मधेस पूर्व थिए राजा भिन्न,
    सयाैं राज्य कयौं शासक कसले सक्थ्यो चिन्न ।।३।।

    मल्लकालमा उपत्यका थियोे भरिपूर्ण ,
    शाहकालमा एकीकरण भयाे चट्चूर्ण।।४।।

    (छिन्नभिन्न)
    बाईसकाेटे चाैबिसकाेटे मूलुक अलग थियाे,
    नेपाल भन्थे तीन शहरलाई ननिभेकाे दीयाे ।।५।।

    डाँडै पिच्छे काेट बन्थ्याे मन्दिर मूर्ति बन्थे,
    शिक्षा दीक्षा रजाैटाले पेवा आफ्नो भन्थे ।।६।।

    गाउँ पिच्छे राजा हुन्थे तानाबाना बुन्थे ,
    कजाएर रैतीलाई आफू गाना सुन्थे ।।७।।

    आठपहरिया सयस् लिई घाेडा सवार गर्ने ,
    राजा हिंडदा ख्वामित् सरकार जदाै गर्नु पर्ने ।।८।।

    उबेलामा शक्तिशाली गाेर्खा राज्य थियोे ,
    एउटै पार्ने भनी आदेश फर्मान् दियाे ।।९।।

    लमजुङ कास्की पाल्पा हुँदै नुवाकोटमा हाने ,
    उपत्यका शहर हान्न किर्तिपुरलाई छाने ।।१०।।

    चतुराईले लडाइँ लडे ईन्द्रजात्रा पारि ,
    नेपाल शहर कब्जा भयाे लिए जिम्मेवारी ।।

    सुत्राधार एकताको थिए नारायण,
    पुत्र निस्के बहादुर हाँके सैन्य गण ।।११।।

    मेची पारी टिष्टा पुग्याे कब्जा गर्दै जाँदा ,
    देहरादुन काँगडा टेक्थे खाजा खाँदा ।।१२।।

    विशाल नेपाल अभियानले सार्थकता पायाे ,
    अढाईसय वर्ष चल्नेगरि शाहबंश आयाे ।।१३।।

    जब आयाे जहाँनिया शासनको बाढी ,
    दुनियाँलाई दवाई घिचे माडीमाडी ।।१४।।

    अन्त भयाे राणा शासन दुई हजार सातमा ,
    प्रजातन्त्र आयाे बल्लतल्ल जनताको हातमा ।।१५।।

    त्यही शिशु प्रजातन्त्र मास्ने दाउ पाे रचे ,
    निरंकुश पञ्चायतकाे हाैदा काँटी जचे ।।१६।।

    नेता थुने काँङ्ग्रेसका र कम्यूनिष्टका सबै ,
    महेन्द्रले शासन गरे बाेल्न नदिई कबै ।।१७।।

    जनताले पञ्चायत ढालिदिए पनि ,
    नेताहरु आपसमा कुर्ले ठूलो बनि ।।१८।।

    द्वन्द्व भयो मुलुकमा हताहती भयाे,
    पञ्चायत सत्ता पनि डाडापारि गयाे ।।१९।।

    नयाँ बन्याे संविधान नै राजा हटाएर,
    गणतन्त्र ल्यायाैं सबैले ताली ठटाएर ।।२०।।

    जनताका छाेराछाेरी राष्ट्रप्रमुख भाछन् ,
    समृद्धि र बिकास भनी दिनै घाेक्न लाछन् ।।२१।।

    नत छाेयाे समृद्धिले नत बिकासले,
    याैटा बिन्दु चुमाेस् चाँडाे स्वच्छ निकासले ।।२२।।

    रामकृष्ण दुवाडी
    पाेखरा ।।
    २०७८/०८/०४

    2 thoughts on “टुक्का कविता – ‘ईतिहास र वर्तमानमा नेपाली शासकहरु’

    1. आहा कति मिठो टुक्का कविता 🌺💐 फेरि फेरि पढ्न पाइयोस् भन्ने कामना गर्दछु 🙏🙏

    Leave a Reply