
साउदी अरब सरकारले भागेर काम गर्ने अर्थात जुन कम्पनीको भिसामा आएको हो त्योबाहेक को कम्पनीमा भागेर काम गरे वा गराएमा एक लाख साउदी रियाल सम्म जरिमाना गर्ने भएको छ।
जुन कम्पनीको भिषामा अर्थात स्पोन्सरशिपमा आएको हो, त्यो बाहेकको कम्पनीमा काम गरे गराए १ लाख साउदी रियाल जरिमाना, काम लगाउने कम्पनीको म्यानेजरलाइ १ बर्ष जेल र त्यस पछि देश निकाला र त्यसरी अबैध कामदारलाइ या बैध कामदारलाइ अबैध तवरमा काम दिने दिलाउने कम्पनीलाइ ५ बर्षसम्म नयां कामदार ल्याउन नपाइनेगरी प्रतिबन्ध लगाउने र यसरी प्रतिबन्धित भएको सूचना स्थानिय मिडियामा उक्त कम्पनिकै खर्चमा उजागर गरिने समेत जनाइएको छ ।

