
*********************
१
संसारमा एक सानो छ देश नेपाल नामले,
बिहानै सेतो सुन्दर हिमाल टल्किने घामले ।
२
बिहानै लाली उषाको किरण पँहेलै पाखामा,
कोइली गर्छ कुहु मा कुहु रमाईलो भाखामा ।
३
पाखा र पर्वत खोला र नाला पहाड तराई,
नेपाल हाम्रो नेपाली हामी कोही छैन पराई ।
४
लेक र बेँशी डाँफे र मुनाल न्याउली बासेको,
उत्तरमा हेर सुन्दर सेतो हिमाल हाँसेको ।
५
नेपाली वीर विश्वका कुना कुनामा पुगेर,
देशको शान नबढी मान फर्कन्न झुकेर ।
६
गाउँ घरका गरिब दुखी माग्दैछन् गुहार,
सुनेर दैव शान्त्वना देउ आमाको पुकार ।
७
जस्ताको तस्तै मिलाई राख्नु देशको आकार,
राष्ट्रका सबै जनताहरु हुनेछन् आभार ।
८
रोजगारी छैन् स्वदेशमा हाम्रो केही छैन् आधार,
अर्काको देशमा गएर युवा बटुल्छन् आहार ।
९
सोझो र सिधा काम गर्नु नत्र पोल्ने छ पापले,
भोका र नाङ्गा दुःखी र गरिबको अभिशापले ।
१०
बिदेशको दाउमा नपार देश होला है धराप,
दुखेर देश सन्तान शाखाले नगरुन सराप ।
११
सतिको श्राप परेको छ रे त्यस्लाई पञ्छाऔं,
असल कर्म गरेर अब त्यो श्राप मञ्छाऔं ।
१२
सत्कर्म गरौँ हटाउँ अब सतिको सराप,
सबैले मिली यो देश अब नपारौँ धराप ।
———-+——-
गुणनिधि घिमिरे #पाँचथर


धेरै धेरै धन्यवाद आभारी रहेँ मेरो सानो प्रयास लाई प्रकाशित गरिदिनु भएको मा
देश प्रेमका उत्कृष्ट टुक्का हरु 🌺✍️