
प्रवासी नेपाली समन्वय समिति पी.एन.सी.सीले यहि आउँदो बिहीबार ४ र ५ नोभेम्बरमा साउदी अरबको पूर्वी क्षेत्र जुबेल र खोबरमा गरी दुई दिन हेल्पडेस्क सञ्चालन गर्ने भएको छ ।
प्रवासी नेपाली समन्वय समिति साउदी अरबका बाह्य सम्पर्क संयोजक देब नारायण चौधरीले जानकारी गराउनुभए अनुसार प्रवासमा रही काम गर्दै आउनुभएका नेपाली दाजुभाई दिदीबैनीहरुको समस्यालाइ न्यूनीकरण गर्ने हेतु यो हेल्पडेस्क संचालन गर्न लागेको उहाँले बताउनुभयो।
उहाँका अनुसार ४ नोभेम्बर बिहीबारका दिन जूबैल स्थित एभरेस्ट होटेल र ५ नोभेम्बर शुक्रबारका दिन खोबर स्थित कब्बानी क्यामको हलमा गरि पुर्बि क्षेत्रमा २ दिन हेल्प डेस्क संचालन गर्ने कार्यक्रम रहेको छ । साउदी अरबको जुबेल दमाम र अलखोबर क्षेत्र आसपासमा रही काम गर्दै आउनुभएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरु र प्रबासी नेपाली समन्वय समिति को बीचमा त्यहाँस्थित नेपाली दाजुभाई दिदीबहिनीहरुले भोग्दै आएका समस्याहरु लगायत स्वास्थ स्थिति बारेमाा हेल्प डेस्क सञ्चालन गरिने भएको उहाँले जानकारी गराउनुभयो।

