७६औं संयुक्त राष्ट्रसंघ दिवसको अवसरमा टुक्का लेखन कार्यक्रम सम्पन्न, ५४ जना सर्जकहरूको सहभागीता

  • ८ कार्तिक २०७८, सोमबार ०७:५३ मा प्रकाशित
  • टुक्का साहित्य समाज नेपालले ७६ औं संयुक्त राष्ट्रसंघ दिवसकाे अवसर पारेर टुक्का लेखन अभ्यास कार्यक्रम सम्पन्न गरेको छ। जसमा ५४ जना नेपाली भाषी टुक्काकरहरू सहभागी भएका थिए ।सहभागी टुक्काकारहरूले संयुक्त राष्ट्रसंघको उद्देश्य, महत्त्व लगायत विविध विषयवस्तु समेटेर शुभकामना सम्बन्धि टुक्का सृजना गरेका थिए।

    समाजले नियमित रूपमा टुक्का लेखन अभ्यास लगायत अन्य विविध कार्यक्रम सञ्चालन गर्दै आएको समाजका अध्यक्ष ताराप्रसाद चापागाईंले बताउनुभयो । उक्त अभ्यास शृङ्खलाको संयोजन तथा सम्पादन संस्थाका वरिष्ठ टुक्काकार अनिल खग्रासले गर्नुभएको थियो ।

    टुक्का कविता काव्य विधा अन्तर्गतको उदियमान एक नविनतम प्रविधा हो। जसमा केवल दुई हरफमात्र रहेका हुन्छन्। तर दुबैको अन्त्यानुप्रास मिलेको र अक्षर संख्या बराबर भएको हुनुपर्दछ। टुक्का ५ अक्षर देखि २७ अक्षर सम्ममा लेख्न सकिन्छ।

    अभ्यासकाे क्रममा सङ्कलन गरिएका टुक्काहरू

    @ १
    १.
    विश्‍वमा पुनः युद्ध नहोस् , शान्ति किटानी होस्,
    मेलमिलाप सँगै साथ सहयोग मिलोस्।
    २.
    विकास र समृद्धिमा दिई अनुदान,
    अल्पविकसित देशको गर्छ सम्मान।
    ✍️ अनिल खग्रास, पर्वत

    @ २
    १.
    सम्युक्त राष्ट्र संघको बडापत्र,
    विश्व एक बनाउने यज्ञ सत्र।
    २.
    लागु भयो उन्नाइसौं सदीमा,
    विश्वमा भाइचाराको गरिमा।
    ✍️ पौडेल विमुन्स

    @ ३
    १.
    नाम जस्तै संयुक्त राष्ट्रसंघ सबैको साझा बनोस्
    प्रवक्ता भै शक्तिशाली राष्ट्रको कुरा मात्र नभनोस् ।
    २.
    बन्द गरियोस् भट्टीहरू आणविक हतियारका,
    जंजिर बाधियोस् हातहरूमा युद्ध मतियारका ।
    ✍️ वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    @ ४
    १.
    मानव अधिकार रक्षार्थ राष्ट्र संघ आयाे,
    शान्ति, विकास र सहायता सँगसँगै ल्यायाे।
    २.
    सबै राष्ट्रका सहमत भई सामुहिक हस्ताक्षर आयाे,
    संयुक्त राष्ट्र संघले कार्यक्रममा विशिष्ट लाभ दिलायो।
    ✍️ ताराप्रसाद चापागाईं
    धुनिबेसी ।

    @ ५
    १.
    मानव अधिकारका लागि सङ्घ  बन्यो,
    युद्ध विरामको छु पक्षमा भनी भन्यो।
    २.
    विश्वमा शान्ति कायम गर्ने उदेश्य थियो,
    संयुक्त राष्ट्र सङ्घले यही संदेश दियो।
    ✍️ सुरेशकुमार पान्डे, दाङ घोराही १८

    @ ६
    १.
    राष्ट्रसंघको स्थापना अन्तर्राष्ट्रिय  दिवस
    शिक्षा स्वास्थ्य सुरक्षाका काम गर्न छ विवश ।
    २.
    सबै क्षेत्र सुधार गर्ने पहिलो संस्था भएछ
    यसको प्रमूख कार्यालय न्युयोर्कमा रहेछ।
    ✍️ मन्दिरा सेढाई
    मलेखु, धादिङ

    @ ६
    १.
    विश्वभर शान्ति सुरक्षामा सर्नू,
    मैत्रीपूर्ण सम्बन्ध स्थापित गर्नू।
    २.
    युद्ध पोत साटो,
    शान्ति पूर्ण बाटो।
    ✍️ कृष्ण आनन्द भट्ट
    पञ्चेश्वर०५, बैतडी

    @ ७
    १.
    सरकार!जनताको मानव अधिकार नगर्दे हनन,
    नेपाली गरिबको मनको झुपडी रोएको  गर्नु मनन।
    २.
    गास बास कपास भन्नु मानव अधिकारको आधार,
    भोका नाङ्गा जनतालाई सधैं झुठो भाषणले नमार।
    ✍️ रवीन्द्रनाथ पोखरेल
    देबचुली, नवलपरासी

    @ ८
    १,
    विश्वभरिका जनको एउटै बनोस् भावना,
    संयुक्त  राष्ट्रसंघ   दिवसको  शुभकामना।
    २,
    शक्ति राष्ट्रको प्रभावमा पर्न नपरोस्,
    समस्या समाधान स्वविवेकले गरोस्।
    ✍️ चिरञ्जीवी ढकाल
    नेपालगन्ज-२०
    राँझा एयरपोर्ट बाँके

    @ ९
    १.
    अहंकारको आगो निभाउन राष्ट्र संघ जन्मनु पर्यो,
    अापत विपत मानवको मानवै हो भनी अघि सर्यो ।
    २.
    साझा विश्वास भएर संसारको कल्याणमा जुटेको,
    शान्ति नै सुन्दर विकासको राजमार्ग भनी उठेको ।
    ✍️ होम प्रसाद नेउपाने
    धरान,सुनसरी

    @ १०
    १.
    जन्म्यो यो राष्ट्र संघ भाइचारा बढाउन,
    विश्वकै देशहरूमा मित्रता गराउन ।
    २.
    राष्ट्र संघको जन्मले चारैतिर शान्ति छायो,
    संसारभरि रमाइलो र खुशी पनि आयो ।
    ✍️ राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरङ
    हाल- प्रवास

    @ ११
    १.
    जहिले कर्तव्य निष्ठा शान्ति कायम गर्न,
    ऐन लागुसॅंगै पछि पर्दैन अघि सर्न।
    २.
    चर्को रूप घरायसी होस् या त बाह्य झगडा,
    मिलाउन राष्ट्र संघले खटाउॅंछ अखडा।
    ✍️म्यामराज राई,भोजपुर

    @ १२
    १.
    देश, प्रदेश, हिमाल, पहाड ,तराईका जनको एउटै बनोस् भावना,
    यहाँ संयुक्त राष्ट्रसंघ दिवसको सबैलाई अनगिन्ती छ शुभकामना।
    २.
    हामी मित्रवत् बनौँ,अहंकार त्यागौँ,राष्ट्र संघ आधार बनेर,
    आपत पर्दा एक अर्काको साहारा मानवको मानवै हो भनेर।
    ✍️ दुर्गा आचार्य, मोरङ

    @ १३
    १.
    विश्व शान्तिहेतु गठन भा’को यसले छाओस् ,
    साना राष्ट्रले पनि ढुक्क भएर बस्न पाओस्।
    २.
    यस संस्थाको उद्देश्य सधैँ भरि सफल रहोस् ,
    अस्तित्व भाइचाराको नघटोस् जाँगर र जोस।
    ✍️ अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ्ग।

    @ १४
    १.
    राष्ट्रसंघको नियम कानुन सबैले जान्नु पर्छ,
    परोपकारी कामहरू यही संघ संस्थाले गर्छ।
    २.                  
    आज मानवअधिकार प्राप्त भएको दिन,
    खुशी हुनु पर्छ है सबै जनाले एकै छिन।
    ✍️ राम रावल (सागर)
    कैलाली

    @ १५

    छयत्तरौँ संयुक्त राष्ट्रसंघ दिवसको छ शुभकामना ,
    सधैँ शान्ति कायम गरी जगाऔँ मेलमिलापको भावना ।

    विश्वका देशमा राख बन्धुत्वको समान,
    अविकसित देशलाई पनि आफ्नै ठान।
    ✍️ भगवती दवाडी, झापा

    @ १६
      १
    आज सयुक्त राष्टसंघकाे अधिकार सम्बन्धि दिवस,
    सुरक्षा ,विकास र स्वास्थ बारे काम गर्न निम्ति विवश।
    २,
    सुरक्षा शान्ति अब सबैतिर थालियोस्
    निर्धोलाई सकभर  सहयोग मिलाेस्।
    ✍️ सहयात्री शाेभा अर्याल
    रुपन्देही ,बुटवल

    @ १७
    १.
    अमनचैनले सबै राष्ट्र प्रति शान्ति  छरोस्
    राष्ट्रसंघले नीति अनुसारको काम गरोस् ।

    राष्ट्रसंघका सदस्यबीच भाइचारा बनोस्
    छुटेका राष्ट्रले पनि सहभागी बन्छु भनोस् ।
    ✍️ रिजाल विनोद
    बेलबारी ०२, मोरङ

    @ १८
    १.
    राष्ट्रसङ्घ तिमी विश्व मानवताकाे रक्षा गर,
    सम्पूर्णमा भातृत्व र भगिनीत्त्वकाे बीउ छर ।
    २.
    विश्वबाटै राेग,भाेक र शाेककाे अन्त्य गरिदेऊ ,
    बिन्ती छ सबैको तन र मनमा खुशी भरिदेऊ ।
    ✍️ लक्ष्मी घिमिरे दहाल
    दमक-७ झापा

    @ १९
    १.
    शक्ति केन्द्रित राष्ट्रहरूको शासनमा पर्न नपरोस्,
    हरेक समस्याकाे समाधान सबैमा एकैनास् गरोस् ।
    २.
    विश्वभरिका मानिसको सदैव एउटै रहोस्  भावना,
    संयुक्त  राष्ट्रसंघ   दिवसको सम्पुर्णमा शुभकामना।
    ✍️ दुर्गा भट्टराई, मोरङ

    @ २०
    १.
    विश्व शान्तिको लागि संगठित बनौँ सके सम्म हामी,
    गरीव राष्ट्र भन्दै कहिल्यै हेप्न नसरुन् प्रतिगामी।
    २.
    संयुक्त राष्ट्र संघले गरीव धनी भनेन दियो सदस्यता,
    विश्वकै भलाइको गुणगानले चौतर्फी पाएको छ मान्यता।
    ✍️ शर्मिला श्रेष्ठ, ललितपुर
    हाल अमेरिका

    @ २१
    १.
    विश्वभरका मानवलाई एक सूत्रमा बाँध्न,
    बाँच अनि बाँच्न देऊ,मानव अधिकार खाँध्न।
    २.
    मानव अधिकारको सजग प्रहरी”संयुक्त राष्ट्र संघ”
    भेदभाव रहित,समविकासको,यो हो भरपर्दो अङ्ग।
    ✍️ अर्जुन उप्रेती (अप्रतिम)
    असम (भारत)

    @ २२
    १.
    दिगो शान्ति र मानव हित  विश्वमा कायम गर्न भनी,
    संयुक्त राष्ट्रसंघ जन्मियो ईश्वरको अवतार बनी ।
    २.
    बिपत्ति टार्नलाई दिन्छ सधैँ भरि साथ,
    संयुक्त राष्ट्र संघ बनेछ सबकाे माथ।
    ✍️ गंगा खड्का
    बूढानीलकण्ठ १, काठमाडौँ

    @ २३
    १.                                                                                            
    मानवअधिकारको रक्षा सुनिश्चित ढंगले,
    पुरा गर्छ सब उद्धेश्य संयुक्त रास्ट्रसंघले ।
    २.
    लाग्नेछ रोग,भोग र शोकको निदान गर्न,
    स्वास्थ मापदण्ड पुरा गर्दै प्रगतिमा सर्न ।
    ✍️ अम्बिका गिरी, विराटनगर

    @ २४
    १.
    राष्ट्रहरूको वृहत् यो संस्था नहोस् कहिले भङ्ग,
    चिरकालसम्म बाँचिरहोस् संयुक्त राष्ट्र संघ ।
    २.
    उदाहरणीय कार्यगरी सबैको हृदयमा छाअोस्,
    राष्ट्रहरूको समस्या ती सबै समाधान गर्दै जाओस् ।
    ✍️ राजेन्द्र प्रधान पासा,  दार्जीलिङ ।

    @ २५

    रोकेर युद्ध संसार शान्त राख्नु पर्दछ
    प्रकोपबाट बचाइ रक्षा जनको गर्दछ ।

    झरेको ऑसु पुछेर हिड्ने बानी  यसको
    हटाई  दु:ख मनको खुशी बॉट्दछ त्यसको ।
    ✍️ इन्दिरा देवकोटा
    कपिलवस्तु न .पा .३

    @ २६
    १.
    स्वच्छ विचार र उच्च चाहना राख्यौ सुन्दर भावना,
    ७६ औं  संयुक्त  राष्ट्रसंघ  दिवसको   शुभकामना ।
    २.
    जनताको लागि मरिमेटी दिएकाछन् आफ्नो ज्यान,
    यसले   गर्दा  जीवन   बदलिएको   छ  भनी   मान।
    ✍️ अनुग्रह राना मगर ‘पुस्प’
    संखुवासभा, हाल मलेसिया

    @ २७
    १.
    संयुक्त राष्ट्रसंघ स्थापना दिवसको खास सार्थकता आएको,
    भन्नुपर्दा सबैले सोच्नुपर्छ कि विश्वले उसबाट के पाएको ।
    २.
    संस्था स्थापनाको औचित्य हुँदैन उद्देश्य नै हात्तीको देखाउने दारा,
    यता युद्ध अशान्ति भोकमरीबाट जनता मर्ने उता शान्तिका नारा ।
    ✍️ रामशरण न्यौपाने, भक्तपुर

    @ २८
    १,
    गरीव  राष्ट्र प्रति  संयुक्त  राष्ट्रसंको ध्यान जाअोस,
    साना राष्ट्रलाई ठुला राष्ट्रले कहिले नधम्काअोस।
    २,
    संयुक्त  राष्ट्रसंघको  सदा सदा  यही होस भावना,
    छ्यहत्तरौ राष्ट्रसंघ दिवसमा यही छ शुभकामना।
    ✍️ लक्ष्मी श्रेष्ठ
    बिर्तामोड, झापा

    @ २९
    १.
    विश्वभरि मानव अधिकारको रक्षा गरौँ
    युद्ध रोक्न र शान्ति सृजना गर्न लागि परौँ।
    २.                  
    मानवको जीवन – स्तरमा लौ! सुधार हुनुपर्छ
    मानवीय भावनाले एक -अर्कालाई छुनुपर्छ।
    ✍️ परिक्रमा श्रेष्ठ
    धरान   

    @ ३०

    विश्वकै शान्तिप्रिय देश हो हाम्रो नेपाल,
    शान्ति कार्यको लागि योगदान छ विशाल।

    संसारकै उत्कृष्टमा पर्छन् सैनिक राम्रो,
    राष्ट्र संघमा विशेष योगदान छ  हाम्रो।
    ✍️ पुर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती -३,काभ्रे

    @ ३१
    १.
    हुँदैन कसै शान्ति युद्धले  बुझ हे मानव
    युद्धले पार्दछ ठूलो क्षति मान्छे बन्छ दानव।
    २.
    मानव कल्याण हुन्छ शान्ति मार्ग रोजेपछि
    अधिकार युद्धले कहाँ दिन्छ विधि तोडेपछि।
    ✍️ सुर्यमणी रेग्मी
    भरतपुर, चितवन

    @ ३२

    शक्तिशाली देशलाई सकेन तह लगाउन,
    राष्ट्रसंघ असफल हुँदैछ विश्व बचाउन ।
    २.
    शान्ति, विकास, स्वतन्त्रता हुन् यसका तत्व
    बढ्दै जाओस् राष्ट्रसंघको विश्वमा महत्त्व ।
    ✍️ लक्ष्मण समिर, बर्दिया
    हाल: काठमाडौं

    @ ३३
    १.
    विश्वभरि शान्ति, सदाशय  र सहयोगको मूल फुटोस्
    मानव  जीवनस्तर बढाउन श्रोत  र साधन जुटोस् ।
    २.
    कला, साहित्य  विज्ञान र सभ्यतालाईनै  उठाउने गरौँन
    शान्तिपूर्वक बाँच्ने र बचाउने मन्त्रहरू दिलमा भरौँन।
    ✍️ पवन कुमार बुढाथेाकी
    बानेस्वर , बासुकी /अंबिका मार्ग

    @ ३४
    १.
    संयुक्त रास्ट्र संघको दिवस  सबैले मनाऊँ
    राजनीति लाद्नु भन्दा हितकारी संस्था बनाऊँ।
    २.
    स्थापना भए देखि नै करोड राम्रा काम गर्यो
    विश्व हेर्ने भएकोले नै सबैलाई मन पर्यो।
    ✍️ दस्ता कौशिक
    पाँचथर,हिलिहाङ-२, सिंहपुर।

    @ ३५
    १.
    राेग,भाेक,अशान्तिलाई नामेट पार्न उठाैँ,
    राष्ट्रसंघको झण्डामुनि गाेलबन्द भै जुटाैँ ।
    २.
    वशुधैव कुटुम्बकम बन्नु पर्छ नारा,
    विश्वशान्ति कायम गर्न बाेकाैँ अभिभारा ।
    ✍️ मित्र उराठी गाैतम
    अमरपुर, गुल्मी हाल: बुटवल

    @ ३६

    बनेको छ राष्ट्र संघ सहयोग गर्न ,
    सबैको मनमा शान्तिको दियो नै भर्न ।

    यसको उदेश्य सगरमाथामा पुगोस् ,
    विरोध गर्नेहरूको अनुहार लुकोस् ।
    ✍️ कान्छी बिनिता विश्वकर्मा
    बाजुरा

    @ ३७
    १•
    दोश्रो विश्व युद्ध चल्दै थियो,
    थिएन कुनै दरिलो मियो।
    २•
    अन्तर्राष्ट्रिय तहको सहजकर्ता,
    शान्तिका ल्याउन भनी गराए दर्ता।
    ✍️ घनश्याम पौडेल, पोखरा

    @ ३८
    १.
    विश्वका राष्ट्र मिलेर गरे संयुक्त राष्ट्र संघको गठन,
    शान्ति र मेलमिलापको सधैँभरि जुरोस् सबैमा लगन।
    २.
    गोलो मेचमा बसेर सर सल्लाह गरून्,
    विश्वका जनतामा आशाको किरण छरून्।
    ✍️ राजेश भट्टराई
    सैनामैना ११,रुपन्देही
    हाल सुर्खेत

    @ ३९
    १.
    आँधी हुरी प्राकृतिक प्रकोपले हुन्छ कतिको हरण,
    मानव भई मानविय सभ्यतामा दिनुपर्छ शरण ।
    २.
    आपत बाजा बजाई आउँदैन कसैको जिन्दगीमा,
    हात हात मिलाई खोजे हुन्छ समाधान आपत्तिमा ।
    ✍️ शरद प्रधानाङ्ग, विराटनगर-७

    @ ४०
    (१)
    यो संसारलाई नै एउटै परिवार मान्नुपर्ने थियो,
    संयुक्त राष्ट्र संघले ने बनिदिन चाह्यो त्यसैको मियो।
    (२)
    संसारभरि नै कायम हुन सकोस्, सुख शान्ति र अमन चैन,
    एकता शूत्रमा बाँध्ने संयुक्त राष्ट्र संघले हो, अर्को कुनै छैन।
    ✍️ प्रमोद भट्टराई ‘प्रतीक’
    कौशलटार, भक्तपुर

    @ ४१

    हिरोसिमा र नागासाकीमा जब बम खस्यो
    मान्छेको कुबुद्धिमा तब अलिक चेत पस्यो।

    असहाय असमर्थ अनि पछौटे राष्ट्रको निम्ति मान्छे खटाऊ
    ऐ राष्ट्र संघ परमाणु राख्ने देशलाई सदस्यबाट हटाऊ।
    ✍️ बी.कुलुङ
    दार्जिलिङ (भारत)

    @ ४२
    १.
    मित्र राष्ट्रहरू सधैँ मित्र राष्ट्रै रहिरहून्
    संयुक्त राष्ट्र संघले सीमा विवाद सल्ट्याऊन् ।
    २.
    साना ठूला मुलुकहरू बीच, कुनै नगरी विभेद
    सेवा गर्नुपर्छ राष्ट्रिय संघले, मान्नु नपरोस् खेद।
    ३.
    ठूला देशको शक्ति अघि झुक्ने हैन राष्ट्र संघ
    मर्यादा नगुमाओस्, यो हो विश्वकै प्रमुख अंग ।
    ✍️ रचना शर्मा प्रतीक्षा, ललितपुर ।

    @ ४३
    १.
    उन्माद शक्तिले  गर्दा विश्व नै युद्दमा गयो ,
    यही विभीषिका रोक्न राष्टसंघ खडा भयो।
    २.
    सिद्दान्त नीति दर्शनमा स्वतन्त्रभई चलिरहोस्,
    संयुक्त-राष्ट्रसंघ जागोस शान्ति दीप बलिरहोस्।
    ३.
    आणविक शस्त्रको त्रास मत्स्य न्याय हटाउन ,
    यो राष्ट्र  संघ सधैँ  लागोस् शान्ति-दुत खटाउन ।
    ✍️ रामजी लामिछाने, पाेखरा

    @ ४४
    १.
    वर्ग विभेद यहाँ जातियता विभेद,
    मानवको अधिकार हनन् को छ खेद।
    २.   
    विश्व भाईचाराको संसारलाई छ खाँचो,
    विश्वराष्ट्र संघलाई यै कुराको छ  माँचो।
    ✍️ ईशहाक हुसैन
    सिमरा उ. म. न. पा. १४  जि. बारा
    हाल- बुटवल मणिमुकुन्दसेन टोल फूलवारी २

    @ ४५
    १.
    जगशान्ति, मानवता अनि भाइचारा
    राष्ट्रसंघको उद्धेश्य, घरै विश्व सारा ।
    २.
    मत्स्य न्याय नहाेस् कतै, उद्धेश्य र कर्म एक
    मान्छे भइ बाँच्न मिलाेस् चाहे जुनै धर्ती टेक ।
    ✍️ दुर्गा वनवासी, झापा

    @ ४६
    १.
    युद्ध रोक्नुका साथै मानव अधिकार नि संरक्षण गर्छ,
    हामीले संयुक्त राष्ट्रसंग दिवस भव्य बनाउनुपर्छ ।
    २.
    हेर्नुस् है हुन्छ सबैको भलो,
    हो यो संयुक्त राज्यको थलो ।
    ✍️रिता खराल, रुपन्देही

    @ ४७
    १.
    मानव जीवनस्तर समृद्धिको लागि
    गर्छ सहयोग चारैतिर स्वार्थ  त्यागी।

    उपचार नपाई अकालमा कोहीपनि ज्यान नगुमाउन् भनी
    ल्याउँछ स्वास्थ्य कार्यक्रम अल्पविकसित देशमा उदार बनी।
    ✍️ काेकिला चाैधरी, बाँके

    @ ४८
    १.
    राष्ट्रहरू जुटेका छन् सहयाेग गर्न,
    मेलमिलाप र सबै तिर शान्ति छर्न।
    २.
    सहयाेगले विश्व सबै शान्त, सम्वृद्ध बनाअाैं,
    अाऊ हामी संयुक्त राष्ट्र संघ दिवस मनाअाैं।
    ✍️ रिना याेल्माे, दार्जीलिङ्ग

    @ ४९
    १.
    संसार भरका जनमानसमा होवोस् समानताको भावना ,
    छयहत्तराैँ संयुक्त राष्ट्र संघको सबैलाई शुभ कामना ।
    २.
    विश्व युद्ध दुई पटक चल्दा भएन भरपर्दो जन ,
    अन्तर राष्ट्रिय शान्ति सहमतिमा जुटेका थिए मन ।
    ✍️ बेदु न्यौपाने, काठमाडौ

    @ ५०

    संयुक्त राष्ट्र संघ दिवसकाे छ शुभकामना
    विश्व भरी का मानिसमा एउटै सदभावना।

    हरेक ले न्याय बराबरी पाउन
    समस्या समाधान खेर नजाउन।
    ✍️ सरस्वती श्रेष्ठ, इटहरी

    @ ५१
    १.
    संसार दोश्रो विश्व युद्धमा थियो होमिएको
    मानव हितमा संयुक्त रास्ट्र संघ उभिएको ।
    २.
    चिन्ता थियो कसरी होला र संसार खतरा मुक्त
    मानव रक्षा गर्न गठन भो रास्ट्र संघ संयुक्त ।
    ✍️ तारा घिमिरे, संखुवासभा

    @ ५२

    एक ढिक्का बनायाे संसारलाई जमाएर,
    अघि बढे राष्ट्र संघकाे कानून समाएर।

    राष्ट्र संघकाे सदैव सहमति हुनु पर्छ,
    सबै देशको दु:ख कष्टमा सहयाेग गर्छ।
    ✍️ कमला हरिमाया पराजुली, झापा

    @ ५३

    उद्देश्य अनुरूप गज्जबले चलाेस् ,
    दाता राष्ट्रकाे चङ्गुलमा त नफसाेस् ।

    संयुक्त राष्ट्रसंघकाे स्थापना हुनुमा छ मुख्य सार ,
    विश्व समुदायका साझा सवाल उठाउने आधार ।
    ✍️ प्रद्युम्न चालिसे, भक्तपुर

    @ ५४

    खुला आकाश,सिङ्गो धर्ती,विशाल मानव मन,
    विध्वंसकारी होइन जन विकासवादी बन।

    बन्धु- वान्ध,मानव सारा रहे पनि जहाँ,
    सम्मान न्याय, संयुक्त राष्ट्रसङ्घ छ तहाँ ।
    ✍️ धनु शर्मा, पाेखरा

    ::::: जय टुक्का! जय साहित्य!! :::::

    One thought on “७६औं संयुक्त राष्ट्रसंघ दिवसको अवसरमा टुक्का लेखन कार्यक्रम सम्पन्न, ५४ जना सर्जकहरूको सहभागीता

    1. आहा मनोहर टुक्का माला। सम्पूर्ण टुक्का सर्जक ज्यू हरूमा हार्दिक बधाई तथा शुभकामना। हिमालय दृष्टि अनलाइन पत्रिका परिवार प्रति हार्दिक आभार व्यक्त गर्दछु। विशेष आदरणीय वसन्त अनुभव सर प्रति कृतज्ञता प्रकट गर्दछु।

    Leave a Reply