उदक यात्री हिमाल अम्मैका उत्कृष्ट दश उदकहरु

  • ७ कार्तिक २०७८, आईतवार ०८:२९ मा प्रकाशित
  • १.
    खेत
    डुबेको धान
    पीडा सहदै किसान!

    २.
    उद्वेग
    कुकुरहरुको भुकाइ
    उपलब्धि शून्य अवस्था!

    ३.
    सयपत्री
    फुलेको आँगनमा
    परदेशीको दाजुभाइको सम्झना!

    ४.
    कमेरो
    पोतेको घर
    शरद यामको रहर!

    ५.
    सरकार
    उपलब्धि शून्य
    सय दिन बेकार!

    ६.
    भावना
    मनका कल्पना
    छल्किँदा सेतो पानामा!

    ७.
    हत्केला
    परिश्रमका डाम
    उठाउँदै देशको नाम!

    ८.
    नारद
    झगडाको बिउ
    बलेको आगोमा घिउ!

    ९.
    लाटो
    मनको बाठो
    समयानुसार चल्ने बाटो!

    १०.
    बिस्कुन
    पर्दा झरी
    माड जुटाउने कसरी!

    हिमाल अम्मै
    घोडाघोडी कैलाली

    One thought on “उदक यात्री हिमाल अम्मैका उत्कृष्ट दश उदकहरु

    Leave a Reply