उदक यात्री आर्त अकुलीनका उत्कृष्ट दश उदकहरू

  • ३ कार्तिक २०७८, बुधबार १०:०९ मा प्रकाशित

  • सागर
    पानीको तरङ्ग
    देखेरै हृदय झसङ्ग !


    हृदय
    स्वतन्त्र आकाश
    कालो बादलको घेरा !


    कृषि
    किसानको रहर
    वर्षाले बगाएको सपना !


    वर्षा
    निरन्तर पानी
    खेतबारीमा अथाह हानी !


    प्रकृति
    विभिन्न आकृति
    विनासमा किसानको सम्पत्ति !


    आकाश
    मुसलधारे पानी
    गाउँ सहर नोक्सानी !


    प्रकोप
    प्रकृतिको आँसु
    वरिपरि धनजनको क्षति !


    बाढी
    नदीको छेउ
    आखिर विवश बस्ती !


    विडम्बना
    प्राकृतिक चलखेल
    अन्धकार जूनको बस्ती !

    १०
    कार्तिक
    झरीको पीडा
    बेलैमा सरकारको ध्यान !

    ✍️ आर्त अकुलीन

    लम्की चुहा-२, देवाश्रम, कैलाली

    Leave a Reply