
२० अगस्ट २०२१, साउदी अरब ! नेपाली दुताबास रियाद साउदी अरबले आज २० अगस्ट २०२१ शुक्रबारका दिन अल कासिम क्षेत्रमा राहदानी नविकरण घुम्ती सेवा सम्पन्न गरेको छ ।
पुर्व सूचना अनुरुप नेपाली दूतावास रियादको आयोजना र एनआरएनए आरसिसि अल कासिम तथा गन्तव्य नेपालको सहकार्यमा संचालन गरिएको उक्त सेवा कार्यक्रममा करिब १७० जना नेपाली श्रमिकहरुले सेवा प्राप्त गरेका थिए । जसमध्ये १४१ जनाले राहदानी नविकरण गराएका थिए, २६ जनाले बनेर आएका नयाँ पासपोर्ट बुझेका थिए भने ३ जनाले ट्राभल डकुमेन्ट लिएका थिए ।
उक्त घुम्ती सेवा कार्यक्रममा नेपाली दूतावास रियादबाट आउनु भएका द्दितिय सचिब तारा खनाल, तृतीय सचिब आनन्द सुबेदी, साथै स्थानीय कर्मचारी हेमन्त आचर्यको उपस्थितिमा सहजीकरणको सेवा प्रदान गरिएको थियो ।
उक्त राहदानी नविकरणको घुम्ती सेवा सम्पन्न गर्न गैर आवासिय नेपाली संघ क्षेत्रीय समन्वय समिती अल कासिमका पदाधिकारीहरु तथा गन्तब्य नेपालका अभियान्ताहरुले सहयोग गरेको कुरा एनआरएनए आरसिसि अल कासिमका सचिब ध्रुब राज कटुवालले जानकारी दिए ।
नेपाली दूतावास रियादले यो भन्दा पहिले पनि साउदी को विभिन्न भुभागमा एनआरएनए साउदीको सहकार्यमा यस्तै प्रकारका घुम्ती सेवा सम्पन्न गरिसकेको र हजारौं नेपाली श्रमिकहरुले सेवा लिसकेका छन् ।





