नेपाली राजदुताबास रियाद द्वारा नवपदाधिकारीको स्वागत र सम्मान कार्यक्रम ।

  • १७ श्रावण २०७८, आईतवार १५:०१ मा प्रकाशित
  • गैर आबासिय नेपाली संघ,एन सि सि साउदी अरबको आठौं महाधिवेशनबाट निर्बाचित तथा निर्बिरोध निर्बाचित अध्यक्ष र पदाधिकारीको सम्मानमा नेपाली राजदुतावास रियादले सम्मान कार्यक्रम गर्यो।
    गैर आवासिय नेपाली संघको आठौँ महाधिबेशन कोरोना महामारीका कारण भर्चुअल माध्यम बाट सम्पन्न भएकोले उक्त दिन प्रत्यक्ष रूपमा भौतिक उपस्थिति हुन नसकेको कारण निबर्तमान कार्यसमितिलाई बिदाइ र नवनियुक्त समितिका पदाधिकारीलाई बधाई तथा शुभकामना दिनको निम्ति दुताबासको निमन्त्रणामा एन आर एन ए टिम अधिबेशन सम्पन्न गरेको दोस्रो दिन नेपाली दुताबास रियादमा उपस्थित भएको थियो ! उक्त अवसरमा नेपाली राजदुतावासका का. बा. राजदूत श्री दिलिप कुमार पौडेल र जेद्दा महाबाणिज्य दूतावासका का. बा. महाबाणिज्यदुत श्री शत्रुघन पोखरेलज्युले संयुकरूपमा कोभिड -19 महामारीको समयमा नेपाली नियोग मार्फत नेपाली जनसमुदायमा पुर्याएको अनबरत सेवाका लागि संस्थाका संरक्षक श्री राजु सैयद ,मध्य पुर्ब सह संयोजक श्री राजेन्द्र अर्याल र एन सि सि निबर्तमान अध्यक्ष श्री तेज थापालाई सम्मान पत्र प्रदान गर्नुका साथै दूतावासमा उपस्थित नव निर्बाचित अध्यक्ष श्री डमर कुमार यादव , उपाध्यक्षद्वय श्रीमति रबिना अर्याल र राम बहादुर क्षेत्रि र महासचिव उमेश भट्टराईलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभयको थियो ।


    परिचय कार्यक्रमबाट शुरु भएको अनौपचारिक कार्यक्रममा दूतावासका श्रम काउन्सिलर श्री जीवन कुमार राई , प्रथम सचीव श्री ऋषि आचार्य , द्वितीय सचीवद्वय श्री टिकाराम उपाध्याय र तारा गौतम ,तृतीय सचीवद्वय श्री आनन्द सुवेदी र बलराम पाण्डे लगायत सम्पुर्ण राजदुतावासका कर्मचारीहरुको उपस्थिति थियो । आ आफ्नो धारणा राख्ने क्रममा का. बा. राजदुतज्यु र का. बा. महाबणिज्यदुतज्युले नेपाल सरकार परराष्ट मन्त्रालयको बिदेशमा सहकार्य गर्ने एक मात्र आधिकारिक निकाय एन आर एन रहेकोले आगामी दिनमा पूर्ववत झै सहकार्यले निरन्तरता लिनेमा बिस्वस्त छौं , भन्नुभयो । त्यसैगरी का. बा. राजदुत पौडेलले एन आर एन ए ले राम्रो कार्य गर्न कसैसङ्ग डराउनु नपर्ने तथा सानो मात्र पनि गल्ती क्षम्य नहुने अभिव्यक्ति राख्नुभयो ।


    कार्यक्रममा पुर्बी क्षेत्रमा कार्यरत नेपाली राजदुतावासका जनसम्पर्क अधिकारी श्री हरि घिमिरेज्यु, आइ सि सि मानार्थ परिषद सदस्य श्री रमेश भण्डारीज्यु, आइ सी सि सदस्य श्रीमती यास्मिन सैयदज्यु , आइ सि सि सदस्य तथा पि एन सि सि का बाह्य सम्पर्क संयोजक श्री नारायण पासवानज्यु , एन आर एन का संरक्षक श्री राजु सैयदज्यु र आइ सि सि का मध्य पुर्ब सह संयोजक श्री जोन अर्यालज्युले संस्थाको आठौं महाधिवेशनको दौरान भएका गतिबिधिबारे स्पष्ट पार्नुभएको थियोे र पुर्बवत रुपमै दूतावास सङ्ग सहकार्य गर्दै दमाममा पासपोर्ट सहजीकरणका लागि हल लिइएको जानकारी गराउदै आगामी दिनमा जेद्दा महाबाणिज्य दूतावाससङ्ग मिलेर समेत आउटरिच कार्यक्रम गर्ने वचनबद्धत्ता दोह्र्याउनु भयो ।


    नव नियुक्त अध्यक्ष डमर यादव र महासचिव उमेश भट्टराई ले एन आर एन ए र दूतावासको सहकार्य आगामी दिनमा अझै प्रगाढ भएर जाने प्रतिबद्धता व्यक्त गर्नुभएको थियोे ।

    Leave a Reply