बीरगंजमा पर्सा फोटो तथा भिडियोग्राफी एसोसिएसन र नेपाल फोटो ग्राफर महासंघबीच अन्तक्रिया कार्यक्रम सम्पन्न

  • १७ श्रावण २०७८, आईतवार ०७:२७ मा प्रकाशित
  • उमेश कुशवाहा,बीरगंज/ पर्सा फोटो तथा भिडियोग्राफी एसोसिएसन र नेपाल फोटो ग्राफर महासंघ बीच बीरगंजमा बिभिन्न बिषयमा अंतरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

    ओम प्रकाश कुशवाहाको अध्यक्षतामा भएको कार्यक्रममा पर्सा फोटो तथा भिडियोग्राफी एसोसिएसन र नेपाल फोटो ग्राफर महासंघ बीच रानी सती मन्दिरको सभाहलमा अंतरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

    नेपाल फोटो ग्राफर महासंघका अध्यक्ष महेन्द्र प्रसाद उपाध्याय र बरिष्ठ उपाध्यक्ष श्रीराम कडेलको उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको छ ।

    पर्सा फोटो तथा भिडियोग्राफी एसोसिएसनका अध्यक्ष ओम प्रकाश कुशवाहाले हामी सबै एक जुट भएर लगनसिलता पुर्बक काम गरे भने हामी अवश्य अगाडि बढछौ भने आफ्नो मंतब्य राख्नु भयो।

    फोटो ग्राफी र भिडियो ग्राफीको बिकाशको सिर्जना,सबल,अबल कसरी हुन्छ भने नेपाल फोटो ग्राफर महासंघका अध्यक्ष महेन्द्र प्रसाद उपाध्याय आफ्नो तर्क राख्नु भयो। फोटो ग्राफी र भिडियो ग्राफी क्षेत्रमा लागनु भएका सम्पूर्णमा महासंघको साथ र सहयोग सदैव रहने छ भने प्रतिबद्धता समेत गर्नु भयो।

    पर्सा फोटो तथा भिडियोग्राफी एसोसिएसन का अध्यक्ष ओम प्रकाश कुशवाहा, बरिष्ठ उपाध्यक्ष बिधयासागर साह, उपाध्यक्ष सजल श्रेष्ठ /मंजेश शर्मा,महासचिव मुकेश कुमार साह,सचिव कामेशवर गुप्ता, सह सचिव -अनिल पटेल,कोषाध्यक्ष -मकसूदन साह तेली,सदस्य सन्तोष कुशवाहा,कहनैया बर्नावाल,शेख नाजिर, राकेश मण्डल ,अजय गिरी गजेन्द्र सर्राफ ,राजू मेहता , राजिन्द्र चौरसिया,विजय ठाकुर,मुकेश यादव ,गौतम साह र अन्य अतिथि गण लगायतको उपस्तिथि रहेको थियो ।

    पर्सा फोटो तथा भिडियोग्राफी एसोसिएसनका सन्तोष कुशवाहाले हिमालयन दृष्टिलाई जनकारी गराउनु भयो।

    Leave a Reply