
१० श्रावण २०७८, नेपाल सरकारले अमेरिका सित गरिरहेको सम्झौता एमसिसि MCC बारेमा सकृय सामाजिक अभियन्ता ज्वाला संग्रौलाले कडा चेतावनी सहित आफ्नो फेसबुक स्टाटस राखेकी छिन् ।
उनले आफ्नो स्टाटसमा लेखेकिछिन् “जसले यो देशको भौगोलिक अखण्डताको इतिहासलाइ, स्वाधिन नेपाललाई आफ्नो छाती र मुटुमा बोकेर हिँडीरहनु भाको छ, एक पटक सिंहदरबार र बालुवाटारभित्र लुकेर नब सामान्तहरूलाई, शासकहरूलाई, आफुलाई आजको संसारको सबैभन्दा प्रगतिशिल लोकतन्त्रको हिमायति ठान्ने, र यो संसारको सबैभन्दा शक्तिशाली शासक आफुलाई ठान्ने अमेरिकाका कुख्यात नश्लवादी तानशाह डोनाल्ड ट्रम्पको बंकरभित्र लुकेको ताजा खबर सुनाईदिनुहोला।साथै यो पनि भन्दिनु कि, “यदि तिमीले जनताको आवाजलाई बेवास्ता गर्यो भने, जनताका भावना, सपना, भाग्य र भविश्यलाई यदि तिमीले च्यात्न खोज्यौभने, जनताका चाहनालाई यदी तिमीले बलात्कार गर्न खोज्यौ भने बालुवाटारमा बंकर छैन, तिमी लुक्ने ठाउॅसम्म पनि भेट्ने छैनौ महाराजा !”
जबर्जस्ती देश र जनताको हित बिपरित MCC पारित गर्न खोज्छौ भने अब आन्दोलनको यस्तो ॲाधी र तुफान सिर्जना गर्नेछौं कि तिम्रा बालुवाटारभित्र छिरेर जनताको करमा रजाईँ गर्ने हरेक नाकाहरूलाई हामी बन्द गरीदिने छौ।जनताले तिम्रा दानापानी आउॅने सम्पूर्ण नाकाहरू ठप्प पारिदिने छन् र तिमीले अमेरिकी साम्राज्यवादको अगाडि घॅुडा टेकेर अमेरिकाले चुसेर फालेको जुठो हड्डी खायौ भने तिम्रा श्रीमतीका दिनैपिच्छे फेरिने पेटीकोट र साडीहरूको पनि हिसाब खोज्छौ।NGO र INGO मा आउॅने पैसाको नाममा यदि कसैले देशलाई बेच्न खोज्छ भने हामी यिनीहरूलाई घोक्रेठ्याक लगाएर यिनीहरूकै ससुराली अमेरिकातिर पटाईदिने छौं।सिंहदरबार र बालुवाटारका नबशासकले यो कुरा जान्न आवश्यक छ, कुनैबेला महम्मद गद्घाफी, कुनैबेला ओशामाबिन लादेन, कुनैबेला सद्घाम हुसेन, तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसका ह्रीस्की पार्टनर थिए।तत्कालीन अमेरिकी राष्ट्रपतिका नजिकका पार्टनर थिए।कालान्तरमा अमेरिकी सेनाले तिनीहरूकै कन्चटमा बन्दुक तेस्याएर मारेका थिए।अहिले तिनीहरूलाई दुईचार करोड दिएर, दुईचार ठाउॅ राती राती बोलाएर, जॅाडपार्टी गरायर तिम्रा दुइचार जना कार्यकर्ताहरूलाई Settle गर्ने नाममा इतिहासदेखि भर्जिनल्याण्ड रहेको, हाम्रा बीर पुर्खाहरूले भोकभोकै लडेर बचायको देशलाई कसैले अमेरिकी साम्राज्यवादको MCC नामको बुट कुल्चाउॅन चाहान्छ भने याद गर्नु, तिम्रा बुटहरू र तिम्रा टाउकाहरू सिंहदरबार र माइतीघर मण्डलाबाट कसरी काटिने छन् र फुडबल खेलिने छन्।MCC सहि छ भनेर फेसबुकमा स्टाटस लेख्ने नेताका झोलेदेखि लिएर संसदको रोस्टम घेर्ने रास्ट्रघाती जनप्रतिनिधिहरू, पॅाच मिनेट, मात्र पॅाच मिनेट मसॅग पब्लिकमा बहस गर्न आउ।देशलाई दुख्ने कुरा, देशको स्वाभिमान माथी ॲाच आउने कुरा, देशको रास्ट्रियात धरापमा पार्ने कुरा कुनैपनि स्वतन्त्र नागरिकलाई सैह्य हुने छैन।सिंहदरबार र बालुवाटारमा बसेर देश बेच्ने अधिकार कस्ले दियो तिमीहरूलाई ? केहि अर्ब रूपैयासॅग देश सॅाटन पाईदैन महासय ! बरू बिकास नहोस्, भोकै मरियोस, नेपाल संसारकै गरिब राष्ट्र भनेर चिनियोस् तर स्वाधीन रहिरहोस ! गरिब हुनु अपराध हैन।नेपाललाई सुनको पिंजडामा कैद गरिएको सुगा जस्तो बनाउने तिमी मौसमी रास्ट्रबादका ठेकेदारहरूहो, यदि जबर्जस्ती MCC पास गर्नतिर लाग्यौ भने अब हामी जनताले सडकबाट ठेगान लगाएरै छाड्छौ ! पर्ख र हेर !

