जर्मनीलाई हराउँदै इंग्ल्यान्ड क्वाटरफाइनलमा

  • १६ असार २०७८, बुधबार ००:५० मा प्रकाशित

  • असार १५, एजेन्सी | युरोकप अन्तर्गतको खेलमा जर्मनीलाई पराजित गर्दै इंग्ल्यान्ड युरोपेली च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । इंग्ल्याण्डले दोस्रो हाफमा रहिम स्टर्लिङ र ह्यारी केनको गोलमा २-० को जितसँगै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

    खेलको पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि दोस्रो हाफमा इंग्ल्यान्ड खेलमा फर्किएको थियो । खेलको ७५ औं मिनेटमा इंग्ल्यान्डले स्टर्लिङको गोलमा अग्रता लिदै जर्मनीमाथि जितको धावा बोलेको थियो ।

    खेलको ८१ औं मिनेटमा थोमस मुलरले गोल गर्ने सुवर्ण अवसर गुमाएपछि पहिलो गोलको ११ मिनेटपछि ८६ औं मिनेटमा कप्तान ह्यारी केनले गोल गर्दै इंग्ल्यान्डको अग्रतालाई दोब्बर पारे । जारी युरोकपमा केनको यो पहिलो गोल हो ।

    इंग्ल्यान्डले अब सेमिफाइनल प्रवेश गर्न युक्रेन र स्वीडेनको विजेतासँग खेल्नेछ ।

    Leave a Reply