
तर साउदी सरकारको यो निर्णयले नेपाली कामदार मर्कामा पर्ने देखिएपछी साउदीको रियादमा रहेको नेपाली राजदुताबासले नेपाली श्रमिकको लागी उक्त नियम लागु नगर्न र होटल क्वारेन्टाइन निशुल्क गर्ने पहल गर्दै आईरहेको थियो।
दुताबासले आज एक सुचना प्रकाशित गर्दै दुताबासको पहलले सार्थकता पाएको र अब साउदी प्रवेश गर्ने नेपाली नागरिकहरुले होटल क्वारेन्टाइनको पैसा बुझाउन नपर्ने जानकारी दिएको छ ।
दुताबासले प्रकाशित गरेको सुचना यस्तो छ ।साउदी सरकारले साउदी प्रवेश गर्ने नेपाली (non-vaccinated ) को लागी होटल क्वारेन्टाइन निशुल्क गरिदिने भएको छ । साउदी सरकारले गत मे २०, २०२१ मा एक सूचना सार्बजनिक गर्दै आफ्नो देशमा प्रवेश गर्ने कोभिड-१९ विरूद्धको खोपको मात्रा पुरा नगरेका विदेशी नागरिक (non-vaccinated travellers ) हरुलाई निजहरुको आफ्नै खर्चमा ७ दिन अनिवार्य रुपमा क्वारेन्टाइन बस्नुपर्ने नियम लागु गरेको थियो । साउदी सरकारको यो नियम पछी साउदी प्रवेश गर्ने नेपाली नागरिकहरुले आफ्नै खर्चमा होटल क्वारेन्टाइन बसिरहेका थिए ।

यसअघि साउदी पुगेपछि आफ्नै खर्चमा होटल क्वारेन्टाइनमा बस्नुपर्ने कुराको बि’रोध गर्दै फिलिपिन्सले आफ्ना नागरिकलाई साउदी जान रोक समेत लगाएको थियो । फिलीपीन्स (Philippines) ले साउदी प्रवेश गर्ने विदेशी श्रमिकलाई आफ्नै खर्चमा ७ दिन होटल क्वारेन्टाइनमा बस्न पर्ने नयाँ नियम लागु गरेपछी साउदीका लागी दक्ष/ अर्धदक्ष कामदार उपलब्ध गराउंदै आएको फिलिपिन्सले आ’पती जनाएको थियो ! कामदारलाई आर्थिक भार बढाउने गरि आएको उक्त नियमको फिलिपिन्सले खरो वि’रोध गरेपछि साउदी सरकारले फिलिपिन्सका नागरिकको लागी यो नियम त्यतिबेला नै हटाएको थियो। नेपाली दुताबासको पनि लगातारको पहल पछी साउदी सरकारले यो निर्णय गरेको हो ।

