अन्डरवर्ल्ड डन छोटा राजनको कोरोना संक्रमणले मृत्यु

  • २४ बैशाख २०७८, शुक्रबार १७:०४ मा प्रकाशित
  • दिल्ली । भारतीय अन्डरवर्ल्डका चर्चित डन छोटा राजनको कोरोनाभाइरस संक्रमणले शुक्रबार मृत्यु भएको छ । दिल्लीस्थित एम्स अस्पतालमा उपचार हुँदै गर्दा उनको मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

    उनी दिल्लीको तिहाड जेलमा जन्मकैदको सजाय व्यतित गरिरहेका थिए । २०१८ को मे २ तारिखमा पत्रकार हत्यामा दोषी पाइएका राजनलाई अदालतले जन्मकैदको सजाय सुनाएको थियो ।

    मुम्बइमा भएका चर्चित घटनाहरुमा उनी जिम्मेवार मानिन्छन् ।

    Leave a Reply