दाङमा हप्ताको दुई दिन बैंक खुल्ने (कुन बार कुन बैंक खुल्छन् ?)

  • २४ बैशाख २०७८, शुक्रबार १७:०९ मा प्रकाशित
  • तुलसीपुर
    २४-वैशाख/ दाङका प्रत्येक बैंक हप्ताको दुई दिन खुल्ने भएका छन् । एक हप्ता लकडाउन थपिएपछि आर्थिक कारोबारोकालागि बैंकलाई पालो अनुसार हप्ताको दुई दिन खुल्न दिईने भएको हो । शुक्रबार बसेको कोरोना संकट व्यबस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो । बैंकहरु विहान ११ बजेदेखी दिउँसो १ बजेसम्म खोल्न पाईने छ ।

    कुनबार कुन बैंक खुल्ने भन्ने पनि टुंग्याएको दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । शुक्रबारको निर्णय अनुसार दाङमा जेठ १ गतेसम्म लकडाउन थपिएको छ । लकडाउन अबधीभर निम्न तालिका अनुसार नै खुल्न पाउनेछन् ।

    आईतबार र बुधबार खुल्न पाउने बैंकहरु
    राष्ट्रिय बाणिज्य बैंक
    नविल बैंक
    सिभिल बैंक
    नेपाल बंगलादेश बैंक
    सिटिजन बैंक
    प्रभु बैंक
    एभरेष्ट बैंक
    मेघा बैंक
    सनराईज बैंक
    सांग्रिला बैंक
    मुक्तिनाथ बैंक
    महालक्ष्मी बैंक
    गुडवील फाइनान्स
    गोर्खाज् फाईनान्स

    सोमबार र विहीबार खुल्ने बैंकहरु
    नेपाल बैंक लिमिटेड
    हिमालयन बैंक लिमिटेड
    बैंक अफ काठमाडौं
    सानीमा बैंक
    लक्ष्मी बैंक
    माछापुच्छ्रे बैंक
    एनआईसी एसिया बैंक
    प्राईम कमर्सियल
    नेपाल इन्भेष्टमेन्ट बैंक
    ज्योति विकास बैंक
    कामना सेवा विकास बैंक
    साईन रेसुंगा बैंक
    युनाईटेड फाईनान्स

    मंगलबार र शुक्रबार खुल्ने बैंकहरु 
    कृषि विकास बैंक
    एनसीसी बैंक
    कुमारी बैंक
    नेपाल एसविआई बैंक
    सेन्चुर कमर्सियल बैंक
    सिद्धार्थ बैंक
    ग्लोबल आईएमई
    एनएमबी बैंक
    गरीमा विकास बैंक
    कर्णाली विकास बैंक
    बेस्ट फाईनान्स

    copied:tulsipur online

    Leave a Reply