
रियाद – साउदी अरेबियाको नागरिक उड्डयन को सामान्य प्राधिकरण (GACA) ले मे १७ (( अरबिक महिनाको शव्वाल ५)) लाई सम्पूर्ण साउदी भरिका अन्तर्राष्ट्रिय एयरपोर्ट फेरि सुचारु गर्ने, सम्पुर्ण विमानस्थलहरूको पूर्ण उद्घाटनको मितिको रूपमा पुष्टि गरेको छ।
बुधबार एक सर्कुलरमा, GACA ले साउदी एयरपोर्टबाट संचालित सबै एयरलाइन्सलाई र साउदी नागरिकलाई विदेश जान अनुमति दिईनुको साथै अघिल्लो सर्कुलरमा उल्लेख गरिएको मिति परिवर्तनको बारेमा जानकारी गराएको छ । साथै अन्तर्राष्ट्रिय उडानहरूको निलम्बनको पूर्ण खारेज गर्दै राज्यको एयरपोर्टहरु खोल्ने भएको साउदी समाचारहरुमा छपाएको छ ।

अघिल्लो १२ जनवरीमा जारी गरिएको परिपत्र सुचना मा, GACA ले एयरलाइन्सलाई सेवा पुनः सुरुका लागि अघिल्लो निर्धारित मितिको बारेमा सूचित गरेको थियो , जुन ३१ मार्च थियो।
प्राधिकरणले राज्यमा कोरोनाभाइरसको महामारीको फैलावट रोक्नको लागि यस सम्बन्धमा सम्बन्धित उच्च समितिले जारी रोकथाम प्रोटोकोल र सावधानीका उपायहरू अनुसरण गर्नुपर्ने छ ।
यसले यो पनि नोट गरेको छ कि यात्रा र फिर्ता अनुमति दिने निर्णयको कार्यान्वयन समितिको देश वा महामारीको फैलावटको कारणले स्थगित गर्ने वा फिर्ता गर्ने निर्णय भएको देशलाई भने लागु हुँदैन।
आन्तरिक मन्त्रालयका आधिकारिक स्रोतको अनुसार यो निर्णय स्वास्थ्य मन्त्रालयको भनाइको आधारमा लिइएको हो । कि कोभिड १९ को खोप निर्माताहरूले समयमै अनुबंधित ब्याच वितरण गर्न ढिला भएको थियो।
सूचना परिपत्र अनुसार, यो कदम मे १७ (शव्वाल ५ )को बिहान १:०० देखि लागु हुनेछ।
एजेन्सीको सहयोगमा@

