
२ फेब्रुअरी २०२१, साउदी अरब ! एजेन्सी कोरोनाभाइरसको डरले साउदी अरेबियाले २० देशका गैर-नागरिकहरूको लागि प्रवेश निलम्बित गरेको छ।साउदी अरेबियामा कोरोनाभाइरस महामारी बढ्न सक्ने कारणले २० देशहरुबाट नागरिकहरु, कूटनीतिज्ञहरु, स्वास्थ्य चिकित्सकहरु र उनीहरुको परिवारहरु सहित गैर नागरिकका लागि राज्य प्रवेश निलम्बन गरेको छ ।
साउदी प्रेस एजेन्सीले साउदीको गृह मन्त्रालय आधिकारिक स्रोतका अनुसार मंगलबार यस्तो रिपोर्ट गरेको छ ।
स्रोतका अनुसार निम्न २० देशहरू सूचीमा रहेका छन्।अर्जेन्टिना, संयुक्त अरब इमिरात (दुवै) , जर्मनी, संयुक्त राज्य अमेरिका, इन्डोनेसिया, आयरल्यान्ड, इटली, पाकिस्तान, ब्राजिल, पोर्तुगल, युनाइटेड किंगडम, टर्की, दक्षिण अफ्रीका, स्वीडेन, स्विजरल्याण्ड, फ्रान्स, लेबनान, इजिप्ट, भारत र जापान रहेका छन्।

कोरोनाभाइरस महामारीको प्रसारलाई रोक्नको लागि राज्यको सावधानी उपायहरूको एक हिस्साको रूपमा लागू गर्दै यो कदम ३ फेब्रुअरी २०२१ बुधबार बेलुकी साउदी समय ९ बजे देखि लागू हुने कुरा श्रोतले जनाएको छ। श्रोत साउदी ग्याजेट ।

