रवि लामिछानेले ल्याए ग्यालेक्सी टिभी

  • ११ फाल्गुन २०७७, मंगलवार १२:५९ मा प्रकाशित

  • सञ्चारकर्मी रवि लामिछाने लगायतले नयाँ टेलिभिजन च्यानल ल्याएका छन्।
    लामिछाने म्यानेजिङ डाइरेक्टर छन्। उक्त टिभीको नाम ‘ग्यालेक्सी फोरके’ हो।

    नेपालमा पहिलो फोरके टिभी आफूहरूले ल्याएको लामिछानेले बताए।
    मंगलबार काठमाडौंमा एक कार्यक्रम गरी लामिछानेले नेपालमा थप एक सञ्चार माध्यम थप भएको बताए।

    जनताका आवाजलाई प्राथमिकता दिने र मनोरञ्जनात्मक कार्यक्रम दिन टेलिभिजन ल्याइएको उनले बताए।

    Leave a Reply