प्रधानमन्त्रीको भाषण सुनेर फर्किरहेका कार्यकर्तावाट चालक लु टि ए, बस तो ड फो ड

  • ११ फाल्गुन २०७७, मंगलवार १३:२५ मा प्रकाशित
  • काठमाडौ । देश दौडाहाका क्रममा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको भाषण सुनेर फर्किएका कार्यकर्ता चडेको बस तो ड फो ड भएको छ । कञ्चनपुरमा घटना भएको हो । प्रधानमन्त्री ओली सोमवार कञ्चनपुर पुगेका थिए । उनका त्यहाँ केही सार्वजनिक कार्यक्रम राखिएको थियो । ओली सहभागी कार्यक्रममा गएर फर्किएकाहरु चढेको बस तो ड फो ड भएको हो ।

    जिल्लाको बेलौरी नगरपालिकामा गएराति दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रमबाट प्रधानमन्त्री ओली पुगेका थिए । सो कार्यक्रममा प्रधानमन्त्रीको भाषण सुनेर फर्किने क्रममा बसमाथि तो ड फो ड भएको बताइएको छ।

    तो ड फो ड गर्नेहरु नेकपाका कार्यकर्ता रहेको बताइएपनि प्रहरीले भने पहिचान खुल्न नसकेको जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बस चालकले गन्तव्य सम्म पुगाउन जान नमानेको भन्दै तो ड फो ड गरेको बुझिएको बताए।

    उनकाअनुसार तो ड फो ड बाट ना ३ च ७७४३ नम्बरको बस र सुपप्र ख ९६२ नम्बरको बसका सिसा फु टे का छन्। उनीहरुले चालकको नगद २० हजार पनि लु टे र लगेको बुझिएकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। फाइल तस्बिर

    Leave a Reply