सवारी दुर्घटनामा परि बाबु-छाेरि घाइते

  • ६ पुष २०७७, सोमबार १८:५९ मा प्रकाशित
  • तुलसीपुर पुस ६

    तुलसीपुरमा मोटरसाइकल र जीप एक आपसमा ठोक्कीदा दुई जना घाइते भएका छन् । घाईते हुनेमा सल्यान कालिमाटी गाउँपालिका वडा नम्बर १ लक्षिणपुरका वडा अध्यक्ष ४४ वर्षिय रविलाल बस्नेत र उनीकी छोरी १४ वर्षिय पुजा बस्नेत रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

    तुलसीपुर उपमहानगपालिका वडा नम्बर २ डाँडाचिस स्थित पश्चिम तर्फ जादै गरेको रा १ ब ४०४५ नम्बरको मोटरसाइकल र विपरित दिशा तर्फबाट आउदै गरेको रा १ ज ४०६९ नम्बरको जीप एक आपसमा ठोक्कीदा दुर्घटना भएको थियो । घाइते दुवैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ ।

    वडा अध्यक्ष बस्नेतलाई खुट्टामा सामान्य चोट लागेको छ भने उनकी छोरीलाई टाउकोमा चोट लागेको छ । जीपलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    Leave a Reply