तुलसिपुरमा सहकारी बैंककाे शाखा सञ्चालनमा सुरुकाे दिनमै ९ कराेड बढिकाे काराेबार

  • ६ पुष २०७७, सोमबार १९:२६ मा प्रकाशित
  • तुलसिपुर पुस ६
    राष्ट्रिय सहकारी बैंकले तुलसीपुरमा अाज शाखा विस्तार गरेको छ । सहकारी बैंकले तुलसीपुरको ग लाइनमा ४५ औँ शाखा बिस्तार गरेको हो । शाखाको अाज एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । 

    शाखाको तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले शाखाको उद्घाटन गर्नुभएको हो । शाखा उद्घाटन गर्दै नगरप्रमुख पाण्डेले तुलसीपुर उपमहानगरपालिकालाई नेपालको वित्तिय केन्द्रको रुपमा विकास गर्न लागेको बताउनुभयो । सहकारी बंैक स्थापना हुनु सहकारी अभियानको आधार भएको उल्लेख गर्दै सेवालाई थप सहजता ल्याउने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका केन्द्रीय अध्यक्ष केबि उप्रेतीले सहकारीको अभियानलाई सार्थक पार्नका लागि सहकारी बैंकको स्थापना गरिएको बताउनुभयो । उहाँले तुलसीपुर शाखासहित देशभर ६८ शाखा विस्तारको लागि अनुमति पाइसकेको बताउँदै तुलसीपुर शाखा ४५ औँ शाखाको रुपमा संचालनमा आएको बताउनुभयो ।

    कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रि गुरागाई, संचालक सदस्य माधवलाल देवकोटा, जिल्ला सहकारी संघका अध्यक्ष गोविन्दप्रसाद शर्मा, जिल्ला सहकारी संघका संस्थापक भरत देवकोटा, जिल्ला सहकारी संघ तथा बहुउद्देश्यीय सहकारी संघका सचिव शुक्रराज भण्डारी, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रुपबहादु खत्री लगायतले सहकारी बैंकको शाखा स्थापनाले तुलसीपुर क्षेत्रका सहकारीलाई थप सहजता ल्याउने बताउनुभयो । 

    बैंकमा सोमबारमात्रै हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाले २ करोड ५ लाख, राप्ती बचत तथा ऋण सहकारी संस्थाले २ करोड ५०, राप्ती विश्वासी सहकारीले १ करोड ४ लाख, सहयोगी सहकारीले  १ करोड ११ लाख ५० हजार, जनसेवा सहकारीले २५ लाख, तुलसीपुर सहकारीले ९ लाख १७ हजार ८ सय लगायतको रकम कारोबार गरेको बैंकका तुलसीपुर शाखा म्यानेजर अजय रोकायले जानकारी दिनुभयो । 

    Leave a Reply