साउदी अरब द्धारा कोरोना भाईरस संक्रमणको दोश्रो लहर देखिए संगै एक हप्ता हवाई उडान बन्द गर्ने निर्णय !

  • ६ पुष २०७७, सोमबार १४:५० मा प्रकाशित
  • अरबउदी अरब सरकारले युरोपेली मुलुकहरुमा पछिल्लो दिनहरुमा कोरोना भाईरस संक्रमण को दोश्रो लहर देखिए संगै एक हप्ता हवाई उडान बन्द गर्ने निर्णय गरेको छ। ब्यबसायिक हवाई उडानका साथै समुद्री सिमाना लगायत सम्पूर्ण आवजाही समेत बन्द गर्ने निर्णय गरेको हो।
    साउदी प्रेस एजेन्सीले आन्तरिक मन्त्रालयको आधिकारिक स्रोतको उद्धृत गर्दै आइतवार सुचना सार्बजनिक गरेको थियो।
    सुचना अनुसार नागरिकहरूको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्नका लागि सावधानी अपनाउने उपायहरूको एक कदम स्वरुप अन्तर्राष्ट्रिय उडान स्थगित गरिएको हो साथै स्वास्थ्य मन्त्रालय ले महामारीसम्बन्धी घटनाक्रमको मुल्यांकनको आधारमा अबलम्बन गरिएका उपायहरूको पुनरावलोकन गरिनेछ भनि जारी प्रेस बिज्ञप्ति मा जनाइएको छ ।

    Leave a Reply