विभिन्न संघ संस्था तथा नेपाली महावाणिज्य दुतावास जेध्दा बिचको मैत्रीपूर्ण भेटघाट र श्रमिक अन्तरकृया कार्यक्रम सम्पन्न।

  • २० मंसिर २०७७, शनिबार २१:३७ मा प्रकाशित
  • ४-डिसेम्बर-२०२०! साउदी अरब।
    साउदी अरबको जेध्दा स्थित नेपाली माहावाणिज्य दुताबासमा आयोजित विभिन्न संघ संस्था तथा नेपाली महावाणिज्य दुतावास जेध्दा बिचको मैत्रीपूर्ण भेटघाट र श्रमिक अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

    एनआरएनए कोषाध्यक्ष सन्तोष लुइँटेल द्वारा संचालित कार्यक्रममा गैर आवासिय नेपाली संघ क्षेत्रीय समन्वय परिषद जेध्दाका पूर्व अध्यक्ष तथा वरिष्ठ समाजसेवी भिम गुरुङले सभापति, माहावाणिज्य दुतावास सम्पूर्ण परिवार सहित नेपाली राजदुताबास रियादका नियोग उपप्रमुख श्री दिलिप पौडेलको प्रमुख आतिथ्यता, गैर आवासिय नेपाली संघ, तमुँधी जेध्दा, नेपाली युवा क्लब, नेपाल आदिवासी जनजाती महासंघ जेध्दा, हेल्प मधेसी संघ जेध्दा,लगायत बिभिन्न संघ संस्थाको समुपस्थितिमा अनौपचारिक मैत्रीपूर्ण भेटघाट तथा श्रमिक अन्तरकृया कार्यक्रम सम्पन्न गरेको कुरा एनआरएनए साउदीका प्रबक्ता बिष्णु न्यौपानेले अबगत गराउनु भयो ।

    कार्यक्रममा तमुँ धि जेध्दाका अध्यक्ष वेद कुमार गुरुङले स्वागत मन्तब्य राख्दै नेपाली महावाणिज्य दुतावास संघ बिगतका दिनहरुमा गर्दै आएको भूमिकालाई अझै तिब्र रूपमा समन्वयकारी भूमिका निभाउनको निम्ती सबै संघ हातेमालो गर्ने बताउंदै रियादमा बिगत छ महिना देखी कोमामा रहेका पीडित तेज बहादुरको यथाशिघ्र उध्दार गरी नेपाल पठाउनको निम्ती आग्रह गरेका थिए।
    मन्तब्यको क्रममा नेपाल आदिवासी जनजाती महासंघ जेध्दाका अध्यक्ष निमा सांङे शेर्पा,नेपाली युवा क्लबका प्रमुख सल्लाहकार नर कुमार मगर,नेपाली युवा क्लब जेध्दाका अध्यक्ष कृष्ण प्रसाद भट्टराइ,एनआरएनए आरसिसी जेध्दाका अध्यक्ष राजकुमार गिरी, एनआरएनए आरसिसी जेध्दाका प्रमुख सल्लाहकार रामराधा घिमिरे, हेल्प मधेसी संघ जेध्दाका अध्यक्ष मुनिर राइन,एनआरएनए साउदीका प्रवक्ता बिष्णु न्यौपाने लगायतले कोरोनाको कारण साउदीमा नेपालीहरुलाई पर्न गएको अफ्टेरो र चुनौती, पासपोर्ट नविकरण सम्बन्धी कठिनाई, बह्रिगमन भिसा सम्बन्धी देखिएका चुनौती र यसको समाधानको निम्ती पहल बारे आ-आफ्नो धारणा व्यक्त गरेको कुरा प्रबक्ता न्यौपाने ले हिमालयन दृस्टिलाई जानकारी दिए।

    एनआरएनए साउदीका वरिष्ठ उपाध्यक्ष धुर्ब रिजालले बोल्ने क्रममा गैर आवासिय नेपाली संघ साउदी अरबले नेपाली दुताबास रियाद र माहावाणिज्य दुताबास जेध्दा बिच बिगत लामो समय देखी श्रमिक उध्दार बिषयमा सहकार्य, समन्वय, पहल र पैरवी गर्दै आएको र कोरोना माहामारिको बेला अफ्टेरोमा परेका नेपालीहरुलाई राहत खाद्यान्न, स्वदेश फिर्तिको निम्ती टिकट उपलब्ध गराउनुको साथै हालै कोरोना माहामारिको कारण बिचल्लिमा परेका नेपाली श्रमिकहरुका निम्ती संघको माथिल्लो निकायले ल्याएको परियोजना अन्तर्गत तेस्ता अफ्टेरोमा परेका पिडितहरुको पहिचान गरी स्वदेश पठाउनको लागि टिकट,पिसिआर टेस्ट, तत्काल बस्नको निम्ती सेल्टरको ब्यबस्था गरेको र यो महान अभियानलाई सफल पार्नको निम्ती साथ सहयोग र समर्थन गर्न नियोग लगायत सम्पूर्ण संघ संस्थालाई आग्रह गरेका थिए।

    मन्तव्यकै क्रममा: नेपाली महावाणिज्य दुताबास जेध्दाका श्रम सहचारी श्री प्रेम प्रसाद उपाध्यायले श्रम बजारमा ठुलो स्थान ओगटेको साउदी अरबमा आफु कार्य गर्न पाउंदा र सबै संघ संस्थाको सकृय भूमिकाले गर्दा श्रमिक समस्या न्युनिकरण गर्न धेरै सहज हुने जनाउंदै नयाँँ श्रमिक सम्झौता बारे र श्रमिकका सुरक्षा सम्बन्धी आफुले सक्दो भूमिका गर्ने धारणा व्यक्त गरेका थिए।

    आफ्नो भावी कार्य योजनाको बारेमा बोल्दै का.बा माहावाणिज्य दुत श्री शत्रुघन पोखरेलले हरेक कार्यहरुलाई सम्पादन गर्नको निम्ती दुताबासले गर्नुपर्ने काम कर्तब्य र जिम्मेवारीलाई हामी पनि छौं भनेर स्वच्छ र समाज सेवाको भावले हौसला उत्प्रेरणा दिएकोमा हार्दिक कृतज्ञता प्रकट गर्दै सरकारले कुनैपनी संघसंस्थाको सहयोग बिना सफलता हात पार्न सक्दैन तेसैले यहाँहरुको सहयोगमा पारदर्शी ढंगले अगाडि बढ्नेछौं। जागिर भन्दा कर्तब्य सम्झेर व्याबहारिक जिबन भन्दा माथि उठेर जसरी यहाँहरुले योगदान गर्नु भएको छ त्यसरिनै श्रमिकहरुको हकहित, सुरक्षा र न्यायको निम्ती कार्यगर्ने प्रतिबध्दता व्यक्त गर्नुभएको थियो।

    भेटघाट कार्यक्रमका प्रमुख अतिथी: श्री दिलिप पौडेलले साउदी अरबमा कार्य अवधी करिब डेढ बर्षको अनुभव सुनाउंदै कोरोना माहामारिको बेला गैर आवासिय नेपाली संघ साउदी अरबले राहत, उध्दार, रेस्क्यु फ्लाइटमा गरेको सहयोगको खुलेर प्रशंशा गर्दै अन्य संघ संस्थाले गरेको सहयोग पर्ती आभार व्यक्त गरेका थिए। वक्ताहरुका श्रमिक बिषय, पासपोर्ट नविकरण बारे दुताबासले समय समयमा सुचना प्रवाह गरी अनलाइन फारम जारी गरेको र साउदीका बिभिन्न शहरमा एनआरएन लगायत अन्य संघ संस्थाको सहयोगमा उपस्थित भएर पासपोर्ट नविकरण फारम संकलन गर्ने योजना रहेको र पहिलो चरणमा दमाममा सफल पूर्वक गरिएको जानकारी दिनु भएको थियो। बह्रिगमन भिसा सम्बन्धी दुताबासले यहाँँको सरकारी निकाय संग निरन्तर पहल गरिरहेको केही महिना भित्रमा उल्लेख्य रूपमा धेरै नेपाली श्रमिकहरु स्वदेश फिर्ता भएर समस्या समाधान हुनेमा आफु विश्वस्त रहेको जानकारी दिनु भयो। श्रमिक हरुका गोसी(इन्सुरेन्स) सम्बन्धी हाल सम्म ८८ गोसिका केश हरु समाधान भैसकेको, नयाँँ डिमान्ड लेटर सम्बन्धी राम्रा र उत्कृष्ट कम्पनिहरुको पहिचान गरी दक्ष कामदार ल्याउने कुरामा सशर्त दुताबासले सम्बन्धित सरोकारवाला संग समन्वय गरिरहेको, घरेलु महिला काम्दार सम्बन्धी दुताबास अत्यन्त चनाखो रहेको र दुताबासले यहाँँको सरकार समक्ष ७ वोटा प्रमुख वुंदा सहित राखिएकोछ यदी ति डिमान्डहरु पुरा नभएको खन्डमा दुताबासले घरेलु महिला कामदारको हकमा भिसा नदिने जनाउनु भएको थियो।
    साथै घरेलु महिला कामदार सम्बन्धी हाल सरकार स्तर बाटै रोक लगायता पनि अन्य मुलुक बाट अवैध रूपमा भित्रिएका महिला हरु बिचल्लिमा परेका घटना हरुले दुताबासलाई थप सचेत गराएको र तेस्ता धेरै महिलाहरुको उध्दार भैसकेको बताउनु भएको थियो। साउदी अरबमा अलपत्रमा परेका महिला कामदारहरुको यदी कहीं कतै सुचना पाएमा यसलाई प्रचार गर्नु भन्दा कसरी सुरक्षित ढंगले रेस्क्यु गर्न सकिन्छ भन्ने बारे सोंचेर सबैले आफ्नो तर्फ बाट यथा सक्दो दुताबासमा खबर पुर्याएर सहयोग गरिदिनु हुन सम्पूर्ण संघ संस्थालाई आग्रह गर्नु भएको थियो। बिगत ८ बर्षा देखी कोमामा रहेका प्रकाश गुरुङलाई एनआरएनए साउदीको सहयोगमा सुरक्षित नेपाल पठाइएको र अर्का कोमामा रहेका तेज बहादुरको निम्ती पनि सम्बन्धित सम्म पहल भएको जानकारी दिनु भएको थियो।

    अन्तमा: कार्यक्रमका सभापति भिम गुरुङले जसरी बिगतमा एनआरएनए लगायत सम्पूर्ण संघ संस्थाको सामुहिक उपस्थितिमा सहकार्य गरिंदै आएका थियौं आगामी दिनहरुमा पनि हामी सबै आखिर बिदेशमा रहेका नेपाली हरु गैर आवासिय नै हौं तेसैले हाम्रो उध्देश्य भनेको पिडामा परेका नेपालीहरुको उध्दार गर्नु रहेकोले सबैले मिलेर सहयात्राा गर्नु पर्ने धारणा व्यक्त गर्दै कार्यक्रमको समापन गरेको कुरा एनआरएनए प्रबक्ता बिष्णु न्यौपानेले जानकारी गराए ।

    Leave a Reply