बिरगंज , मंसिर २०
मध्य तराई कै पहिलो रेडियो , रेडियो बिरगंज ९९ मेगाहर्जको १८ औं बार्शिकोत्सवको अवसरमा शनिबार रेडियो प्राङ्गणमा बृहत रक्तदान कार्यक्रमको आयोजना भएको थियो ।
रक्तदान कार्यक्रममा २१ महिला सहित २६१ जनाले रक्तदान गर्नु भएको थियो ।
रक्तदान गर्नु हुनेहरुमा मुन्नी श्रीवास्तव , रेखा साह , श्रस्टा कौशिक , कौसल्या देबि राय , प्रतिमा चौधरी , कमला कार्की , ईश्वर यादव , बिकाश चौहान , लोकेश सिंह , कृष्णा पटेल , श्याम पटेल, राजेश मिश्र, सरोज प्रजापती , बिकुल न्यौपाने , राजेश कुस्वाह , जय कुमार मन्ड्ल, जटाशन्कर चौधरी , सन्जय कुमार पटेल , किरण कार्की , कृष्ण कुमार यादव , आर्या गिरि , रामप्रवेश प्रसाद , अजित नारायण श्रेष्ठ, बिन्देश्वर राय , कुबेर बोहरा लगायत्काले रक्तदान गर्नु भएको थियो ।
बिश्वव्यापी कोरोना महामारीका कारण रेडियो बिरगंजको साताव्यापी बार्शिक उत्सव कार्यक्रम नमनाएता पनि कोरोना कहरका बीच पनि प्रदेश न.२ मा रगत अभावले कसैले ज्यान गुमाउन नपरोस भन्ने उदेश्यले रक्तदान गर्नु परेको अध्यक्ष साहले बताउनु भयो।
रेडियो बिरगंज ९९ मेगाहर्जका अध्यक्ष धुर्व साहको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल पत्रकार महासघ प्रदेश न.२ का अध्यक्ष दिपेन्द्र चौहान , पर्साका अध्यक्ष श्याम बन्जरा, प्रदेश सभा सदस्य राजेस्वर प्रसाद तेलि , ओमप्रकाश शर्मा , नेपाल रेडक्रस सोसाइटी प्रदेश न.२ का अध्यक्ष फुलमहम्द मिया , मुख्यमन्ती स्वच्छता अभियानका संयोजक सलाउदिन अहमद , श्याम पटेल , एमालेका नेता शम्भु गुप्ता , सुन्दर कुर्मी , पर्साका प्रहरी उपरीक्षक गङ्गा पन्त , सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का , सशस्त्र प्रहरी निरीक्षक सुबर्ण बम , वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिपक कुमार साह , बिपद व्यवस्थापन पर्साका प्रहरी निरीक्षक सरोज प्रजापति , जसपाका नेता शिव पटेल , नेजामुदिन समानी, महिला नेतृ रम्भा मिश्र, मुन्नी श्रीवास्तव , रेखा साह , उषा श्रीवास्तव , युवा नेता ईश्वर यादव , ओमप्रकाश सरार्फ , ग्रिनसिटि सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतान, पहल सस्थाका दिलिप राज कार्की , धर्मेन्द्र पटेल , लालबाबु सिंह , राजन सिंह लगायतकाको सहभागिता रहेको थियो ।
त्यसैगरि रेडियो बिरगंजले नया प्रस्तुतिको रुपमा टिभी बिरगंज परिक्षण प्रशारण भैई रहेकोमा मंसिर २६ गते शुक्रबारबाट टिभी बिरगंजले समेत समाचार सहितका बिबिध कार्यक्रमको नियमित प्रशारण गर्ने र सोही दिन देखि रेडियो पोखरिया १०५.८ मेगाहर्जको समेत नियमित प्रशारण सुरु गर्ने कार्यकारी अध्यक्ष साहले जानकारी दिनु भएको थियो ।
त्यसैगरि तरुण दल नाराका अध्यक्ष लोकेश सिंहको नेतुत्वमा बारा कलैया देखि बिरगंजको रेडियो बिरगंज सम्म सयौंको संख्यामा मोटरसाइकल रयाली सहित पुगेका थिए ! उनलाई रेडियो बिरगंजका अध्यक्ष धुर्व साहले भब्य रुपले स्वागत गर्नु भएको थियो ।गत बर्ष रेडियो बिरगंजको बार्शिकोत्सवमा ३५८ जनाले रक्तदान गरेका थिए ।यश बर्ष २६१ जनाले मात्र रक्तदान गरेका थिए ।




