२० मंसिर, मुग्लिन। चितवनको इच्छाकामना ५ मुग्लिनमा “सहयोगी दाताहरुको जाओस् ध्यान, निशुल्क कपडा वितरण केन्द्र हाम्रो अभियान” भन्ने मुल नाराका साथ सिर्जनशिल महिला जागरण केन्द्र मुग्लिनको प्रमुख आयोजना र मुग्लिन युवा मञ्चको सह–आयोजनामा नि : शुल्क कपडा वितरण केन्द्र सञ्चालन गरेको छ ।
इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङको प्रमुख आतिथ्यमा २० मंग्सिर पहिलो दिन उक्त केन्द्रले १५० जनालाई कपडा वितरण गरिएको कुरा आयोजक सिर्जनशिल महिला जागरण केन्द्र मुग्लिनका अध्यक्ष साबित्री पुडासैनीले जानकारी दिनुभयो ।
आयोजक र सह–आयोजक संस्थाको रु २० हजार र दीपक उप्रेती र नवराज रुवालीको फेन्सी पसल र मुग्लिनका अन्य व्यक्तिहरुले सहयोगमा कपडा वितरण गरिएको थियो ।
त्रिवेणी ग्रील एण्ड सटर उद्योगका सञ्चालक रामहरि कडेँलले कपडा बैंक घर र जि आर्ट्स ले ब्यानर उपलब्ध गराएर सहयोग गरेका थिए ।
यस नि :शुल्क कपडा वितरण केन्द्रमा जो कोहीले पनि सहयोग गर्न सकिने, हुनेले दिने र नहुने जो कोहीले पनि कपडा लैजान सक्ने आयोजक संस्था सिर्जनशिल महिला जागरण केन्द्र मुग्लिनका अध्यक्ष साबित्री पुडासैनी अध्यक्ष पुडासैनीले जानकारी दिनुभएको छ ।







