
दाङ, १८ कार्तिक
दाङ जिल्लाको लमही नगरपालिकामा रहेको लमही अस्पताल सिल गरिएको छ ।
अस्पतालमा कार्यरत ३ जना स्वास्थ्य कर्मचारीहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालले मंगलबार एक सूचना जारी गर्दै कार्तिक १८ गते देखि २४ गतेसम्म अस्पतालबाट प्रवाह हुने अत्यावश्यक सेवा बाहेक अन्य नियमित सेवाहरु बन्द भएको जनाएको छ ।
विगत केही समय देखि देशैभर कोरोना संक्रमण बढ्दै गएकोमा दाङ जिल्लामा पनि पछिल्लो समयमा संक्रमण बढ्दै गएको विदितै छ । यहि सन्दर्भमा लमही अस्पतालमा कार्यरत ३ जना स्वास्थ्य कर्मचारीमा पनि २०७७/७/१७ गते प्राप्त नतिजा अनुसार कोरोना भाइरस संक्रमण पुष्टि भएकोले निजहरूको नजिकको सम्पर्कमा रहेका अन्य कर्मचारीहरुको जोखिमका आधारमा परिक्षण गर्नुपर्ने साथै अस्पतालका कर्मचारीबाट अस्पतालमा सेवा लिन आउने सेवाग्राहीहरुलाई कोरोना भाइरस संक्रमणको जोखिम रहने कुरालाई मध्यनजर गर्दै २०७७/७/१७ गते देखि २०७७/७/२४ गते सम्म अस्पतालबाट प्रवाह हुने अत्यावश्यक सेवा बाहेक अन्य नियमित सेवाहरु बन्द गरिएको जारी सूचनामा उल्लेख छ ।


