
विजौरी दाङ, १८ कात्तिक
दाङ जिल्लाको विजौरीमा साईकल दुर्घटनाबाट गंभिर घाइते भएका एक वालकको मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडानं. १९ हाडिमे निवासी १२ बर्षीय दिपलभ चौधरी कात्तिक ९ गते आफ्नै गाउँमा साइकल चलाउने क्रममा साईकलबाट लडेर गम्भीर घाईते भएका थिए । उनको उपचारको क्रममा सोमबार राती कोहलपुरमा निधन भएको हो ।
विजौरी स्थित न्यु स्टार विद्यालयमा कक्षा ५ मा अध्ययनरत चौधरीको उक्त दुर्घटनाबाट हात भाच्चिनुका साथै शरीरमा गंभिर चोट लागेको थियो ।

