प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी)ले अल कासिममा हेल्थ क्यामको आयोजना गर्दै ।

  • १८ कार्तिक २०७७, मंगलवार ११:४९ मा प्रकाशित
  • समर्पण रम्जान

    ३ नोभेम्बर २०२०, साउदी अरब ! अनगिन्ती श्रमिक समस्याहरु समाधान गर्नमा अग्रपंक्तिमा रहेको प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी)ले आफ्नो साउदी प्रतिनिधिहरुको संयोजकत्वमा ६ नोभेम्बर शुक्रबारका दिन साउदी अरबको अल कासिममा हेल्थ क्याम्प स्थापना गर्न लागिरहेको छ ।

    साउदी अरबका विभिन्न भुभागमा रहेका नेपाली श्रमिकहरुको समस्या न्यूनीकरण गर्न बिगतका दिनहरुमा पनि श्रमिक सचेतना कार्यक्रम अल कासिम, दमाम, जुबेल क्षेत्रहरूमा गरेको थियोे ।


    पिएनसिसिले बर्तमान परिस्थितिलाई मध्यनजर गर्दै स्वास्थ्य चेकजाँच गरि आवस्यक सल्लाह,सुझावका साथै प्राथमिक उपचार गर्ने उद्देश्यले आगामी शुक्रबार अल कासिममा गर्न लागिएको कुरा पिएनसिसी प्रतिनिधि, नेपाली दूतावासका स्वयंसेवक तथा एनआरएनए साउदीका उपाध्यक्ष बिशाल श्रेष्ठले जानकारी दिए । पिएनसिसीले गर्न लागेको यो कार्यक्रम साउदीमा पहिलो रहेको पनि श्रेष्ठले जानकारी दिनु भयो।

    श्रेष्ठका अनुसार एनआरएनए आरसिसि अल कासिमको समन्वय सहयोगमा मारम फिड प्रोडक्सन कम्पनिमा हेल्थ क्याम्प संचालन गरिने भएको छ ।
    शुक्रबार दिउँसो ११ बजेदेखि सुरु हुने उक्त हेल्प क्याम्प कार्यक्रमका लागिका रियादबाट पिएनसिसी संयोजक नरायण पास्वान, ढाका मेडिकलका दुइजना डाक्टर सहित उपस्थित हुनेछन् भने डाक्टरहरुले सम्पुर्ण श्रमिकहरुलाइ स्वास्थ्य (ब्लड प्रेसर,सुगर,तथा अन्य समस्याहरु) चेकजाँच गरि अवाश्यक सल्लाह सुझाव र औसधि समेत लेखिदिने छन् ।
    अल कासिममा हुन लागेको उक्त हेल्थ क्याम्पमा कम्तिमा 70-100 जनाले सेवा पाउने अनुमान गरिएको छ ।

    Leave a Reply