बिश्वमा सबैभन्दा लामो समय प्रधानमन्त्री हुने बहराइनका प्रधानमन्त्रीको निधन

  • २६ कार्तिक २०७७, बुधबार १५:१९ मा प्रकाशित
  • २६ कार्तिक २०७७ बुधबार

    विश्वमै सबैभन्दा बढी समय प्रधानमन्त्री हुने व्यक्ति बहराइन का प्रधानमन्त्री खलिफा बिन सलमान अल खलिफा को ८४ बर्षमा निधन भएको छ ।

    काठमाडौँ — बहराइनका प्रधानमन्त्री सेख खलिफा बिन सलमान अल खलिफाको निधन भएको छ । उपचारका क्रममा अमेरिकामा उनको निधन भएको हो ।

    प्रधानमन्त्री खलिफाको उपचारका क्रममा अमेरिकास्थित मायो क्लिनिक अस्पतालमा बुधबार बिहान मृत्यु भएको बहराइनको राष्ट्रिय समाचार संस्था बहराइन न्युज एजेन्सीले उल्लेख गरेको छ । उनी ८४ वर्षका थिए ।
    राजकुमारसमेत रहेका प्रधानमन्त्री सलमानको निधनमा बहराइनका राजा हमाद बिन इसा अल खलिफाले दु:ख व्यक्त गरेका छन् । एजेन्सीका अनुसार अमेरिकाबाट पार्थिव शरीर आइपुगेपछि परिवारका सीमित सदस्यको उपस्थितिमा प्रधानमन्त्री सलमानको अन्त्येष्टि गरिनेछ ।
    उनको निधनमा सात दिन शोक मनाउन राष्ट्रिय झण्डा आधा झुकाउन राजाले आदेश दिएका छन् । बिहीबारदेखि सम्पूर्ण सरकारी कार्यालयहरु तीन दिनका लागि बन्द गरिने पनि बताइएको छ ।

    सलमान बहराइन स्वतन्त्र हुनुभन्दा २ वर्ष अगाडिदेखि प्रधानमन्त्री थिए । उनी सन् १९६९ मा बहराइनको प्रधानमन्त्री भएका थिए । उनी विश्वमै सबैभन्दा बढी समय प्रधानमन्त्री हुने व्यक्ति हुन् ।

    Leave a Reply