कार्णालिकाे मुख्य बजार दाङ मुख्यमन्त्रि महेन्द्र बहादुर शाहि

  • २६ कार्तिक २०७७, बुधबार १५:४२ मा प्रकाशित
  • तुलसिपुर कात्तिक २६
    कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले दाङ कर्णाली प्रदेशको आधार भएको बताउनुभएको छ । कर्णालीको मुख्य बजारका रुपमा दाङ रहेको उल्लेख गर्दै मुख्यमन्त्री शाहीले दाङ र कर्णालीलाई जोड्नु पर्ने कुरामा जोड दिनुभयो । ‘दाङ र कर्णाली अलग अलग प्रदेश भएपनि परिपुरक जस्तै हुन्’ मुख्यमन्त्री शाहीको भनाई थियो ।

    तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले मिलेर विकासका पूर्वाधारमा काम गर्न अनुरोध गर्नुभयो । उहाँले दाङ समृद्ध भए कर्णाली र कर्णाली समृद्ध भए दाङ समृद्ध हुने बताउदै दाङ विकासका दृष्टिले धेरै सम्भावना भएको जिल्ला भएको समेत उल्लेख गर्नुभयो ।

    कार्यक्रममा बोल्दै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले दाङ सुखेत सडक खण्ड निर्माणको काम अन्तिम चरणमा रहेको बताउँदै राप्ती राजमार्गका लागि १२ करोडको ठेक्का समेत भइसकेको जानकारी दिनुभयो । कर्णालीका विद्यार्थीहरु दाङमा धेरै पढ्नका लागि आउने भएको बताउँदै तुलसीपुर उपमहानगरपालिकासँग मिलेर संयुक्त लगानीमा कर्णाली होस्टेल निर्माणको काम अगाडी बढाउने पनि उहाँको भनाई थियो ।

    यस्तै राष्ट्रिय सभा सदस्य कोमल वलीले राप्ती राजमार्ग निर्माणको कामलाई अगाडी बढाउन कर्णाली प्रदेश सरकारको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । ‘हामी सँगै जोडिएका छौँ विकास पनि सँगै गर्ने हो ’ हाँले भन्नुभयो । साथै नेकपा दाङका अध्यक्ष टिकाराम खड्काले कर्णाली र दाङ प्रदेशका हिसाबले अलग भएपनि एकै भएको बताउनुभयो । उहाँले तुलसीपुर विमानस्थल प्रयोग गरेर कर्णाली प्रदेशमा माउन्टेन फ्लाईट चलाउनका लागि कर्णाली प्रदेश सरकारलाई अनुरोध समेत गर्नुभयो।

    Leave a Reply