समर्पण रम्जान
६ नोभेम्बर २०२०,
अल कासिम साउदी अरब, नेपाली दूतावास रियाद, ढाका मेडिकल सेन्टर रियाद को संयुक्त सहयोग सहकार्य र एनआरएनए आरसिसिको समन्वयमा पिएनसिसीद्वारा आयोजित पुर्व निर्धारित हेल्थ क्याम्प कार्यक्रम आज शुक्रबार सम्पन्न गरेको छ ।
नेपाली दूतावास रियादका श्रम सहचारी जीवन राइ, पिएनसिसी प्रतिनिधि नारायण पास्वान, ढाका मेडिकल सेन्टरका नेपाली डाक्टर अनिरुद्ध पाठक सहितको टोलिले अल कासिमका एनआरएनए पदाधिकारीहरुको सहयोगमा कार्यक्रम संचालन गरिएको थियो । कार्यक्रम संचालनमा एनआरएनए साउदिका उपाध्यक्ष तथा पिएनसिसी प्रतिनिधि,दूतावास स्वयंसेवक बिशाल श्रेष्ठ, एनआरएनए साउदिका कोषाध्यक्ष योगेन्द्र श्रेष्ठ, सदस्य मनिष कोइराला, एनआरएनए आर सिसि कासिम का उपाध्यक्ष कृष्ण अधिकारी, सह सचीव ध्रुब कटुवाल, युवा संयोजक काजिमान कन्धवा,सदस्य वीर बहादुर तमाङ, अन्य सहयोगी धर्मेन्द्र कार्कि हरुको उपस्थिति थियो।
नेपाली श्रमिकहरुको स्वास्थ्य जाँच गर्ने उद्देश्यले गरिएको उक्त कार्यक्रममा ब्लड पेसर, सुगर, चेक गरिनुका साथै रुघाखोकी, सास फेर्न गारो या अन्य समस्याको जाँच गरि आवश्यक परामर्श, र केही औसधि समेत बितरण गरिएको थियो । उक्त हेल्थ क्याम्प कार्यक्रममा ४३ जना श्रमिकहरुले मेडिकल सेवा लिएका थिए ।
कार्यक्रम मा स्वास्थ जाँच सेवा मात्रै नभएर श्रमिक समस्या समाधानका लागि पनि सहयोग, परामर्श दिइएको थियो ।





