एनआरएनए साउदीले नेपालको सातवटै प्रदेशमा स्वास्थ्य सामाग्री वितरण गर्दै ।

  • २१ कार्तिक २०७७, शुक्रबार १८:०९ मा प्रकाशित
  • रम्जान समर्पण

    ६ नोभेम्बर २०२०! “नेपालीका लागी नेपाली” भन्ने मुल नाराका साथ अगाडी बढिरहेको गैरआवासीय नेपाली संघ राष्ट्रिय समिती साउदी अरबले “प्रबास देखि स्वदेश सम्म एनआरएन” नितिको अवलम्बन गर्दै परोपकारि परियोजनाको लागि छुट्टै बजेट निर्धारित गरि विश्वव्यापि रुपमा फैलिएको कोरोना महामारिबाट सुरक्षित रहन नेपालका सातवटै प्रदेशका संस्था संस्थानहरुमा स्वास्थ्य सामग्री वितरण गर्ने काम गरिरहेको छ ।

    जस परियोजना अनुरुप आज प्रदेश नम्बर ७ कञ्चनपुर जिल्लाको बेलडाँगी प्राथमिक स्वास्थ केन्द्रमा एक कार्यक्रम गरि सामाग्री हस्तान्तरण गरेको कुरा संघका अध्यक्ष तेज बहादुर थापाले जानकारी दिएका छन् ।

    अध्यक्ष थापाले जानकारी गराउदै प्रदेश २ को जिल्ला हस्पिटल सिराह, प्रदेश ५ को अर्घाखाँची जिल्ला हस्पिटलमा सामाग्री वितरण कार्य केही दिन पहिले सम्पन्न भईसकेको र बाकी प्रदेशहरुमा छिट्टै क्रमश स्वास्थ्य सामग्री बितरण गर्ने कुरा अबग गराए ।

    Leave a Reply