घुस लिएको आरोपमा प्रहरी हबल्दारकी पत्नी पक्राउ

  • १ कार्तिक २०७७, शनिबार १८:०४ मा प्रकाशित
  • १ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस आरोपमा प्रहरी हबल्दार र उनकी पत्नीलाई पक्राउ गरेको छ ।

    प्रवक्ता अधिकारीका अनुसार हबल्दार दम्पत्तीलाई रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर-७ स्थित खनाल मिठाई पसलबाट रंगेहात नियन्त्रणमा लिइएको हो । उनीहरूमाथि सेवाग्राहीलाई घरौटीमा छुटाईदिन सहयोग गरेबापत घुस लिएको आरोप छ ।

    चार लाख रुपैयाँ घुस लिएको आरोपमा इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी हबल्दार शिवचन्द्र सहानी र उनकी पत्नी निर्मला केवट शुक्रबार पक्राउ परेको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए । अनलाइन खबर ।

    Leave a Reply