इच्छाकामना गाउँपालिका र सपना भिलेज इन्प्याक्ट द्वारा ६६५ घरधुरीलाई दशै खर्च वितरण।

  • १ कार्तिक २०७७, शनिबार १७:३६ मा प्रकाशित
  • समर्पण रम्जान
    १ असोज २०७७, मुग्लिङ
    चितवनको एक मात्रै इच्छाकामना गाउँपालिका र सपना भिलेज इन्प्याक्ट द्वारा सोही गाउँपालिकाको वार्ड न. १ का ६६५ घरधुरीलाई दशै खर्च राहत वितरण गरेको छ ।
    एकातर्फ बिश्वब्यापी रुपमा फैलिरहेको कोरोना कहरका कारण चपेटामा परि दैनिक खानका लागि समस्या परिरहेका अबस्थालाई मध्यनजर गर्दै दशै खर्च राहत वितरण गरिएको कुरा इच्छाकामना गाउँपालिका अध्यक्ष गिता गुरुङले अबगत गराउनु भएको छ ।
    इच्छाकामना गाउँपालिका अध्यक्ष र सपना भिलेज इन्प्याक्टका अध्यक्ष धुर्ब गिरि को उपस्थितिमा ६६५ घरधुरीलाई १५ केजि चामल, तेल, दाल, नुन का दरले वितरण गरिएको छ ।

    सहयोगी संस्था सपना भिलेज इन्प्याक्टलाइ गाउँपालिका अध्यक्ष गिता गुरुङले आफ्नो फेस्बुक बाट पनि धन्यवाद ज्ञापान गर्नु भएको छ।

    Leave a Reply