बंगलाचुली गाउँपालिकाद्वारा दशैमा मठ-मन्दिरमा हुने पूजापाठलाई पूर्णरुपमा रोक

  • १ कार्तिक २०७७, शनिबार १९:२८ मा प्रकाशित
  • कमिरेचौर,१ कार्तिक
    दाङको बंगलाचुली गाउँपालिकाले विजया दशमी २०७७ को अवसरमा यस क्षेत्रका मठ-मन्दिरमा हुने पूजापाठलाई पूर्णरुपमा रोक लगाउने भएको छ ।

    कोभिड -१९ कोरोना भाईरसको बढ्दो संक्रमणको जोखिबाट बच्नका लागि गाउँपालिकाको ८ वटै वडामा रहेका मठमन्दिर तथा शक्तिपिठहरुमा पूजापाठजन्य कार्यलाई रोक लगाउन निर्देशन गरिएको गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले बताउनु भयो ।

    नेपाल सरकार स्वाथ्य मन्त्रालयको स्वास्थ्य सुरक्षा मापदण्डलाई पालना गर्दै पूजापाठ जन्य गतिविधि नगर्न तथा नगराउन सबै वडा अध्यक्ष मार्फत सो कुराको जानकारी गराईएको अध्यक्ष वलीले बताउनु भयो ।

    अध्यक्ष भक्त बहादुर वलीले बंगलाचुली गाउँपालिकाको कुनै पनि धार्मीक स्थलहरुमा बोका,राँगा,परेवा चढाउनका लागि बाहिरबाट कोही पनि नआईदिन अपिल गर्नु भएको छ ।

    अध्यक्ष वलीले कोरोना भाईरसले जताततै आक्रान्त पारेको हुँदा मन्दिरहरुमा पूजापाठ गर्न आउने भक्तजनहरुलाई कोरोना संक्रमणको उच्चजोखिम रहेको भन्दै सबैजना सजग र सचेत हुन सुझाव दिनु भएको छ ।

    अध्यक्ष वलीले भन्नु भयो” अहिलेको अवस्था अन्यन्तै जोखिमयुक्त रहेको छ । यो वेलामा गाउँपालिकाको कहि कतै पूजापाठ नगर्न र नगराउन सबैलाई विनम्रतापूर्वक अनुरोध गर्दछु ।”

    Leave a Reply