
समर्पण रम्जान
२२ अक्टोबर २०२०, विश्वब्यापी फैलिएको कोरोना महामारीको समस्यालाई मध्यनजर गर्दै “रक्तदान जिबन दान” को मुल धारणालाइ आत्मसात गर्दै गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले ३० अक्टोबरका शुक्रबारका दिन बृहत् रक्तदान कार्यक्रम गर्न लागेको छ ।
एनआरएनएनए कतारको आयोजनामा हुन लागेको बृहत रक्तदान कार्यक्रम ३० अक्टोबर बिहाना ८ बजेदेखि दिउँसो १ बजेसम्म हुनेछ । हमद मेडिकल कर्पोरेसन ब्लड डोनर अफिसमा ब्लड डोनर गरिने जानकारी कतारका एनआरएनएनए अध्यक्ष मोहम्मद मोक्तदा मुसलमान ले जानकारी दिएका छन् ।
संस्थागत सामुहिक रुपले रक्तादान गर्न चाहने संघ संस्थाहरूले रक्तदान कार्यक्रमका संघसंस्था समन्वय संयोजक टंक कुमार खड्कासित सम्पर्क गर्नु पर्ने छ ।
रक्तदान गर्न चाहनेले केही निम्न नियम पालना गर्नु पर्ने आयोजकका अध्यक्ष मोक्तदाले जानकारी दिएका छन् ।
कतारी आइ डि, हेल्थ कार्ड वा कतारी ड्राइभिङ लाइसेन्स वा परिचयपत्र हुनुपर्ने छ ।
रक्तदानको अघिल्लो दिन कम्तिमा ६ घन्टा सुतेको हुनुपर्दछ ।
रक्तदानको अघिल्लो दिन कुनै मदिरा सेवन नगरेको र स्वस्थ खाना खाएको हुनु पर्नेछ
१८ देखि ६५ बर्ष उमेर समुहका कम्तिमा ५० किजि तौल भएको हुनुपर्दछ ।
बिगतमा मलेरिया भएको भए निको भएको ४ महिना पूरा भएको हुनुपर्ने छ ।
देश बाहिर यात्रा गरेको भए कम्तिमा १ महिना पूरा गरेको हुनु पर्नेछ ।
कोरोना संक्रमण बाट निको भएको कम्तिमा ३ महिना पूरा भएको हुनु पर्नेछ ।


