दाङको राम्रीमा एम्बुलेन्स दुर्घटना, दुईजना घाईते

  • ६ कार्तिक २०७७, बिहीबार ११:१२ मा प्रकाशित

  • ६ कार्तिक २०७७, बिहीबार
    तुलसीपुर
    ६ कात्तिक/ सल्यान कपुरकोट विरामी छोडेर फर्किने क्रममा दाङको राम्रीमा एम्बुलेन्स दुर्घटनामा परेको छ । दुर्घटना हुँदा चालक तुलसीपुर उपमहानगरपालिका १३ दमारगाउँ निबासी ४२ वर्षीय ओम बहादुर बिक र बाँकेको नेपालगन्ज उपमहानगरपालिका १ धम्बोजी निबासी ३० बर्षीय राकेश बस्नेत घाइते भएको प्रहरीले बताएको छ ।
    उनीहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको छ । भे १ च ११७९ नम्बरको एम्बुलेन्स विहीबार बिहान ४ बजेतिर दुर्घटनामा परेको हो ।

    Leave a Reply