साउदि अरबको रियादबाट २६१ यात्रु लिएर नेपाल एयरलाइन्सको चार्टर बिमान काठमान्डौको लागि उड्यो

  • ३ आश्विन २०७७, शनिबार ०६:१९ मा प्रकाशित
  • समर्पण

    १९ सेप्टेम्बर २०२० सनिवार राती १२ बजे नेपाल एयरकाइन्सको RA २१९२ नम्बरको चार्टर बिमान साउदीअरबको राजधानी रियादको किङ खालिद इन्टरनेसनल एअरपोर्ट बाट २६१ यात्रु बोकेर काठमाण्डौको लागि प्रस्थान गरेको छ ।
    २६१ जनाको पि सि आर रिपोर्ट नेगेटिभ भएका यात्रुहरु बोकेर उडेको उक्त विमान सनिवार बिहान ७:४० मा काठमान्डौमा अवतरण हुने कुरा नेपाल एयरलाइन्सका प्रतिनिधि सुरेश त्रीपाटिले आफ्नो फेसबुक मार्फत जानकारी गराएका छन् |
    त्रीपाटिले जानकारी गराएका छन्, 261 जना मध्य 260 जना यात्रु समास्को कम्पनि साउदिअरबका रहेका छन र उनिहरु संग PCR चेक गरेर Negative रिपोर्ट भएका कारण होटलमा नबसि सिधै घर गएर होम क्वारेन्टाइनमा बस्ने छन ।
    यसै गरी नेपाल एयरलाइन्सले रियादबाट नै हिजो शुक्रबार पनि RA २१९२ को फ्लाइट बाट २६१ जना गईसकेका छन् भने आगामी २३ र २७ सेप्टेम्बरमा थप २ उडान हुनेछन् ।
    श्रोत सुरेश राज त्रीपाटी फेसबुक ।

    Leave a Reply