
सिन्धुपाल्चोक संवाददाता
सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकामा कक्षा ११ र १२ निशुल्क पढाईने भएको छ । गाउँपालिकाको वडा नं ३ धुस्कुनमा रहेको श्री महेन्द्र प्रताप माध्यामिक विद्यालयले कक्षा ११ र १२ निशुल्क पढाईने भएको हो ।
नेपाल सरकारले प्रत्येक बालबालिकाले कक्षा १२ सम्मको शिक्षा निशुल्क पाउनेछन भनेर लेखेता पनि हाल सम्म कुनै पनि बिद्यालयले यो व्यवस्था गरेका छैनन् । एस.ई.ई. पछि आफुले इच्छाएको बिषय अध्ययन गर्न महँगो खर्चमा आफ्नो गाउँ छोडेर शहर बजार जाने बिद्यार्थीहरुलाई आफ्नै गाउँमा निशुल्क शिक्षा पाउने वातावरण सिर्जना भएपछि घट्दै गएको बिद्यार्थी संख्यालाई पनि बचाउन सकिने र विद्यार्थी तथा अभिभाबकहरुलाई पनि अर्थिक भार नहुने हेतुले उक्त अभियान सुरु गरिएको वडाध्याक्ष सुकदेव रिसालले बताउनुभयो ।
रिसालको यो अभियानमा विद्यालयले भर्ना कार्यक्रम सुरु गरिसकेको छ भने उक्त अभियनलाई सहजताका साथ अघि बढाउन विद्यालय व्यवस्थापन समिति अध्यक्ष बलराम न्यौपाने र प्रध्यानाध्यापक सुरज भट्टराई पनि लागिपरेका छन्् ।
“ यो अभियान सम्भवत जिल्लामा मात्र नभएर नेपालमै पहिलो हुनुपर्छ । ’’ वडाध्याक्ष रिसाल भन्छन् “ कक्षा १० सम्मको अध्ययन पश्चात कयाँै बालबालिकाहरुले आर्थिक समस्याका कारण विद्यालय छाडेका तथ्यांक हेर्न सकिन्छ। यो समस्याको समाधान गर्न पनि हामीले यो अभियान संचालन गरेका हौं । ’’ यो अभियानलाइ सबै स्थानिय सरकारले आत्मासाथ गर्नु पर्नेमा रिसालले जोड दिनुभयो ।

